ghar sansar

साँसदले मेसुसित कुरा गरेपछि मात्रै महाकाली अस्पतालमा सर्पदशंका विरामीलाई भेन्टिलेटर

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा साँसदको निर्देशनपछि सर्पदंशका विरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । भीमदत्त नगरपालिका १० की पार्वती ओझालाई सर्पले टोकेपछि सोमबार साँझ ७ बजे अस्पताल पुगाइएको थियो ।

ओझालाई राति १०ः३० बजेसम्म भेन्टिलेटर खाली नभएको भन्दै उपचारमा ढिलाई भएपछि घर परिवारका सदस्य आत्तिएका थिए ।

अस्पतालमा उपचार हुन नसकेपछि ओझाले कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महतालाई समस्याबारे जानकारी गराए । त्यसपछि महताले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीसित कुराकानी गरेपछि ओझालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

साँसद महताको सचिवालयले भनेको छ, ‘भीनपा १० कञ्चनपुर बस्ने पार्वती ओझालाई सर्फले टोकेर जीवन–मरणको दोसाँधमा रहेको, करिब ७ बजेदेखि भेन्टिलेटर आवश्यक भए पनि राति १०ः३० बजेसम्म पनि महाकाली प्रादेशिक अस्पतालमा भेन्टिलेटर खाली नभएको भन्दै परिवारबाट गुनासो आएको थियो। साथै, बिरामीलाई रिफर गर्न भनिएको र तत्काल उपचारको व्यवस्था मिलाइदिन उहाका छोराले आफू जागिरको शिलशिलामा धादिङबेसी रहेको भन्दै राति १०ः४९ बजे फोन मार्फत जानकारी गराउनु भयो । उक्त गुनासो प्राप्त भएपछि माननीय ज्ञानेन्द्र सिंह महता ज्यूले तत्काल महाकाली प्रादेशिक अस्पतालका मेसु डा. जगदिश जोशीज्यूसँग कुरा गरी बिरामीको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचारका लागि भेन्टिलेटरको व्यवस्था मिलाउन आग्रह गर्नुभयो। मेसु डा. जोशीज्यूको समन्वयमा बिरामीलाई भेन्टिलेटरमा राखी तत्कालै उपचार सुरु गरिएको थियो ।’

dirghayi clinic

साँसद महताको सचिवालयले ओझाको अवस्था सुधारोन्मुख हुँदै गएको उल्लेख गर्दै उपचारका लागि सहयोग गर्ने मेडिकल सुपरिटेन्डेन्ट जोशीलाई धन्यवाद दिइएको छ ।

‘हाल बिरामीको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको जानकारी प्राप्त भएको छ । संकटको समयमा नागरिकको गुनासोलाई तत्काल सम्बोधन गर्दै उपचारको व्यवस्था मिलाउन सहयोग गर्नु हुने मेसु डा. जगदिश जोशीज्यू तथा महाकाली प्रादेशिक अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हार्दिक धन्यवाद ।’ सचिवालयले सामाजिक सञ्जालबाट सार्वजनिक जानकारीमा भनिएको छ, ‘नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारमा सहज पहुँच हाम्रो पहिलो प्राथमिकता हो ।’

साँसदको निर्देशनपछि उपचार सुरु गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा अस्पतालको आलोचना पनि सुरु भएको छ ।

अस्पतालमा पुग्ने बित्तिक्कै बेड खाली छैन भनेर विरामीलाई ढाँट्ने कार्यको छानबिन हुनु पर्ने माग उठेको छ ।

‘अस्पतालमा बेड पाउन सांसदको भनसुन वा पहुँच चाहिने अवस्था सत्य हो भने यो विषय अत्यन्त गम्भीर र चिन्ताजनक छ । पोस्टमा उल्लेख भए अनुसार बेड उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई समयमै भर्ना नगरिएको वा बेड खाली हुँदाहुँदै पनि «बेड छैन भनिएको हो भने यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनु पर्छ । नागरिकको तहबाट पनि यस्ता विषयमा निरन्तर खबरदारी आवश्यक छ’ भमिदत्त नगरपालिका १० का दिनेश विष्टले भनेका छन्, ‘अस्पताल प्रशासनले वास्तविकता के हो भन्ने विषयमा स्पष्ट, तथ्यपूर्ण र सार्वजनिक रूपमा जानकारी दिनु पर्छ । पहुँच हुनेले मात्र सहजै सेवा पाउने र पहुँचविहीन नागरिकले उपचारका लागि सास्ती भोग्नुपर्ने अवस्था स्वीकार्य हुन सक्दैन । आखिर पहुँच नभएका आम नागरिकले कसरी सेवा पाउने ?’

Himal dental
सम्बन्धित
Loading...