ghar sansar

महाकाली यातायात बहुउद्दद्देश्यीय कम्पनीको निर्वाचनमा अध्यक्ष र सदस्यको उम्मेदवारका लागि २५ जनाले लिए फाराम

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्दद्देश्यीय कम्पनीको निर्वाचनमा अध्यक्ष सहित ११ पदका लागि २५ जनाले उम्मेदवारी मनोनयनका लागि फाराम लिएका छन् ।

कम्पनीको विशेष साधारण सभाबाट गर्न लागिएको अधिवेशनका लागि अध्यक्ष र सदस्य पदको उम्मेदवारका लागि फाराम वितरण गरिएको छ ।

dirghayi clinic

निर्वाचन समितिले शुक्रबार तालिका सार्वजनिक गरेको छ । अधिवक्ता अर्जुन कार्कीले निर्वाचन समिति अधिकृत छन् । निर्वाचन अधिकृत कार्कीले निर्वाचन कार्यालयबाट मंगलबार २५ फाराम वितरण गरिएको जानकारी दिए ।

बिहिवार प्रालिको बिशेष साधारण सभा उद्घाटन भएर बन्द सत्र भएर निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन कार्य तालिका अनुसार शनिवार मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ ९ गते उम्मेदवारको मनोनयन फाराम वितरण र दर्ता गर्ने निर्वाचन कार्य तालिका छ ।

भदौ १३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १४ गते मतदान हुने र त्यस लगत्तै मत गणना सुरु गरिने निर्वाचन अधिकृत कार्कीले बताए ।

Himal dental
सम्बन्धित
Loading...