ghar sansar

आफूहरुको श्रम शोषण गरिएको भन्दै भीमदत्तका निजी स्रोत शिक्षकले पोखे शिक्षा शाखामा पीडा, शाखा प्रमुखलाई निवेदन बुझाएर फर्किए

khasi

महेन्द्रनगर । भीमदत्त नफरपालिका ७ हल्दुखालस्थित बाल जागृति आधारभूत बिद्यालयमा लक्ष्मी बिष्ठ ठगुन्ना २०५९ देखि निजी स्रोत शिक्षक छन् ।

बिद्यालयले आन्तरिक स्रोतबाट तलव सुबिधा दिने गरी ठगुन्नालाई नियुक्त गरिएको थियो । एक हजार तीन सय तलब पाउने गरी ठगुन्नाले पढाउन सुरु गरेकी थिइन् ।

एकदेखि ५ कक्षासम्म पढाउने उनको तलब केही बर्षपछि बढेर पाच हजार भयो । २०७९ सम्म उनले पाच हजार तलबमा काम गरिन् ।

भीमदत्त नगरपालिकाले २०७९ मा निजी स्रोत शिक्षकलाई सात अनुदान दिन सुरु गर्यो । हालसम्म उनी सात हजार तलब पाउदै आएकी छन् ।

हामी पनि शिक्षक नै हो, सात हजारमा पढाई रहेका छौ, हाम्रो श्रमको केही मतलब छैन मंगलबार भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको कार्यकक्षमा गुनासो सुनाउदै भनिन, ‘हामीमाथि यसरी बिभेद गर्न भएन, हामीलाई पनि अरु सरह सेवा सुविधा हुनु परयो ।’

भीमदत्त नगरपालिकाले आफूहरुको तलब वृद्धि गर्न पर्ने ठगुन्नाले बताइन । बाल बिकास सहयोगी कार्यकर्ता सरह तलब हुनु पर्ने उनको माग छ ।

ठगुन्ना सहित निजी स्रोत शिक्षकले भीमदत्त नगरपालिका पुगेर शिक्षा शाखा प्रमुख जोशीलाई आफ्नो पीडा सुनाउदै समाधानका लागि आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिका क्षेत्रका बिभिन्न बिद्यालयमा सात जना शिक्षक निजी स्रोतमा कार्यरत छ्न । उनीहरूमध्ये एक जना बाहेक सबैले भीमदत्तबाट सात तलब पाउने गरेका छन् ।

्एक जनाले १४ हजार पाउने गरेको बताइन्छ । उनी निमावि तहका भएकाले बढी तलव दिने गरिएको शिक्षकहरुले बताए ।

dirghayi clinic

भीमदत्त नगरपालिका १० तिल्केनीस्थित सरस्वती निकेतनकी शिक्षक निर्मला भण्डारी न्यून तलबले आत्मग्लानी भएको बताइन् ।

१३ बर्षदेखि कार्यरत भण्डारीले दुई हजार पाच सय तलबबाट पढाउन सुरु गरेकी थिइन् । नगरपालिकाले अनुदान दिन अघि उनी पनि पाच हजार तलब पाउँथिन् ।

‘हाम्रो पीडाबारे कसैलाई मतलब छैन,सबैबाट हेपिएका छौ, तलब कम पाएर आत्म ग्लानी भयो’ उनले भनिन्, ‘श्रमको सम्मान होस हो भन्ने चाहन्छौ ।’

झिलमिला आधारभूत बिद्यालयकी शिक्षक बसन्ती भण्डारी १८ बर्षदेखि निजी स्रोतमा कार्यरत छिन् । भीमदत्त तलब बढाउने आशमा नगरपालिका आएको उनले बताइन् ।

बाल बिकास सरह तलब सुविधा र पोशाक भत्ता पाउनु पर्ने लगायतका माग राखिएको ठगुन्नाले बताइन् ।

उनीहरूले शिक्षा शाखा प्रमुख जोशीको कार्यकक्षमा पत्रकारहरुलाई आफ्नो पीडा सुनाएका थिए ।

भीमदत्तले अनुदान दिन थालेपछि बिद्यालयले दिदै आएको तलब रकम रोकिएको उनीहरु बताउँछन् ।

भीमदत्तका शिक्षा शाखा प्रमुख जोशीलाई उनीहरूले सात हजार तलबले जीविका चलाउन धौधौ भएकाले समय अनुसार आफूहरुको तलब सुबिधा वृद्धिका लागि निवेदन दिएका छन् ।

भीमदत्तका शिक्षा शाखा प्रमुख जोशीले निजी स्रोत शिक्षक बिद्यालयले आफनै स्रोतबाट राख्ने भएको र नगरपालिकाले थप इन्सेन्टिभ बापत सात हजार अनुदान दिएको बताए ।

‘त्यही भएर योलाई श्रम शोषण गरेको होइन’ उनले भने । शिक्षकहरुको माग सहितको निवेदन कार्यपालिका पुगाइने उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...