ghar sansar

भोटेकोशी बाढी प्रभावितलाई मर्निङ्ग ग्लोरीका शिक्षक विद्यार्थीको सहयोग

khasi

महेन्द्रनगर । मर्निङ्ग ग्लोरी सेकेन्डरी स्कुलका शिक्षक र विद्यार्थीले भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् ।

विद्यालयका शिक्षक कर्मचारीले बिहीबार नगद ५१ हजार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन् ।

dirghayi clinic

बुधबार विहान भोटेकोशीको बाढीले रसुवा सहित १४ जिल्लाका धनजनको ठूलो क्षति भएपछि विद्यालयका शिक्षक र विद्यार्थीले सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहतका लागि सहयोग गरिएको विद्यालययका प्रिन्सिपल चुडामणी शर्माले बताए ।

‘देशमा आएको विपद्का बेला सबैले आ–आफ्नो तर्फबाट केही न केही सहयोग गर्नु पर्ने दायित्व हुन्छ’ प्रिन्सिपल शर्माले भने, ‘विपद्का बेला प्रभावितको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्व हो ।’

मर्निङ्ग ग्लोरी भीमदत्त नगरपालिका १८ स्थित जानकी टोलमा छ ।

Himal dental
सम्बन्धित
Loading...