

महेन्द्रनगर । भोटेकोशी बाढी पीडितका लागि विजडम किड्स मन्टेश्वरीले विद्यार्थी, शिक्षक र कर्मचारी रकम संकलन गरी सहयोग गरेका छन् ।

उनीहरु सबैले सबैबाट एक एक सय रुपैँया संकलन गरी विपत्तिबाट प्रभावित परिवारका लागि सहयोग गरेका छन् ।
विद्यालयकी संस्थापक तथा प्रिन्सिपल नीलम गुरुङले बालबालिकाले आफूले पाएको दक्षिणाबाट सहयोग गर्ने निर्णय आफैंमा महत्वपूर्ण मानवीय शिक्षा भएको बताइन् ।
सानो रकम भए पनि यसमा जोडिएको भावना निकै ठूलो छ” उृनले भनिन, बालबालिकाहरूले पनि आफूले रक्षा बन्धनमा पाएको दक्षिणाबाट सहयोग गर्न पाउँदा खुसी छन्।
