ghar sansar

भोटेकोशी बाढी पीडितलाई कञ्चनपुर उद्योग बाणिज्य संघले पाँच लाख २५ हजार सहयोग गर्ने

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पाँच लाख २५ हजार सहयोग गर्ने भएको छ ।

dirghayi clinic

संघका महासचिव राहुल भट्टले विपद प्रभावित नागरिकको उद्धार,राहत र व्यवस्थापनमा सहयोग पुगाउन सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

“संघको तर्फबाट र पदाधिकारीहरु तथा कार्यसमिति सदस्यको सहयोगबाट संकलन पाँच लाख पच्चिस हजार रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका सहयोग गर्ने निर्णय गरेका छौ’ उनले भने, ‘“निजी क्षेत्रको सहयोगले विपद्का कारण समस्यामा परेका परिवारलाई तत्कालीन राहत तथा आवश्यक सामग्री व्यवस्थापनमा केही सहजता पुग्ने अपेक्षा गरेका छौ ।”

कञ्चनपुर उद्योग वाणिज्य संघले विपद् तथा मानवीय संकटका बेला आवश्यक सहयोग गर्दै आएको छ । त्यसैगरी बिहिबार बसेको संघको बैठकले महिला उद्यम समिति गठन गरेको छ । संघका कार्य समिति सदस्य सरिता भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...