ghar sansar

जेसिज माविमा आइसीटी प्रयोगशाला, पूर्व मुख्यमन्त्री रावलले गरे उद्घाटन

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपालिका–१, भासीस्थित जेसिज माध्यमिक विद्यालयमा स्थापना गरिएको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) प्रयोगशालाको उद्घाटन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आ.व. २०८२÷८३ को वार्षिक बजेटअन्तर्गत विनियोजित १० लाख रुपैयाँको लागतमा विद्यालयमा आइसिटी स्थापना गरिएको हो ।

dirghayi clinic

विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीका अनुसार पूर्वमुख्यमन्त्री रावलको पहलमा उक्त बजेट विनियोजन भएको हो। आइसिटी प्रयोगशाला स्थापनापछि विद्यार्थीको सिकाइलाई प्रविधिमैत्री बनाउन तथा डिजिटल माध्यमबाट अध्ययन–अध्यापन गर्न सहज हुने उनले बताए ।

प्रयोगशालामा कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड लगायतका डिजिटल सामग्री राखिएका छन्। उद्घाटन समारोहको सञ्चालन शिक्षक खेमलाल घिमिरेले गरेका थिए ।

यसैबीच, पूर्वमुख्यमन्त्री रावलले बिहीबार नै महेन्द्रनगरस्थित सार्क स्कुलमा ‘सुदूरपश्चिमको इतिहास’ विषयमा अनुशिक्षण समेत दिएका छन् ।

विद्यार्थीलाई सुदूरपश्चिमको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे जानकारी गराएका रावलका स्वकीय सचिव राज बहादुर चन्दले बताए ।

Himal dental
सम्बन्धित
Loading...