

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ बैतोडास्थित बैतोडा सामुदायिक वनमा चार बर्ष अघि छाडा चौपाया व्यवस्थापन गरिएको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनपछि स्थानीयले छाडा गोरु नगरपालिका कार्यालय लगेर छाड्न थालेपछि मेयर भोज राज बोहराले सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गराएका थिए ।
अहिले त्यहा गौशाला, गोदाम, पानीका लागि बोरिङ्ग जडान लगायतका संरचना निर्माण गरिएका छ्न । चार सय बढी गाई गोरु राखिएका छन् ।
छाडा चौपाया व्यवस्थापनलाई सहयोग गर्न श्रम संस्कृति पार्टी कंचनपुरका अध्यक्ष गङ्गा दत्त जोशी सहितले बिहीबार गौशाला क्षेत्रमा कार्यक्रम गरी सुझाव लिएका छन् ।
‘गाई गोरु बजारमा छन्, यसमा खाली खर्च मात्रै भएको छ’ उनले भने, ‘यसको स्तरोन्न्ति गर्न चाहेका छौ, त्यसमा सहयोग गर्न पर्ने हो ।’
जोशीले छाडा चौपाया बिकराल समस्या बन्दै गएकाले निकासका लागि अघि बढेको उल्लेख गर्दै भने, ‘यसको पछि लागेर निकास पाइन्छ पाइदैन केही थाह छैन ।’

श्रम संस्कृति पार्टीले छाडा व्यवस्थापनका लागि अध्ययन गर्न प्राबिधिक टीम सहित कार्यक्रम गर्ने तयारी गरेको थियो ।
प्राबिधिक टीम काठमाण्डौबाट हिडेर बाटोमा पुगेका बेला भोटेकोशीको बाढीले ठूलो जन धनको क्षति गरेपछि फिर्ता भएको छ ।
बाटोबाटै टीम फर्किएपछि जोशी सहितले चौपाया व्यवस्थापन समिति, कर्मचारी र स्थानीयसित छ्लफल गरेको छ ।
यस अघि कृष्णपुर र भीमदत्तको ब्रह्मदेबस्थित गौशालामा छलफ्ल गरिएको थियो ।
छाडा चौपाया व्यवस्थापनबाट स्थानीयलाई फाइदा दिन सकिने गरी गौशाला स्तरोन्नतिका लागि अहिले छ्लफल सुरु गरिएको जोशी बताउँछन् ।
‘स्तरोन्नति गरी लाभ लिन सकिने बनाउन सकिन्छ भनेर हो’ उनले भने, ‘यो बाहेक अरु हामीले केही सोचेका छैनौ ।’
गाईसित नेपालीको धार्मिक र भावनात्मक सम्बध भएकाले छाडा गाई गोरुको नाममा कसैले पनि राजनिति गर्न नहुने उनले बताए ।
‘गाईको दुध सबैलाई चाहिन्छ, सबै पार्टीलाई चाहिन्छ’ उनले भने, ‘सबैलाई चाहिने भएकाले सबैले व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।’
छाडा व्यवस्थापन समितिका सदस्य एबम बैतोडा सामुदायिक वनका अध्यक्ष तोय राज अवस्थीले नगरपालिकाको आग्रह अनुसार वनको खाली क्षेत्रमा छाडा गाई गोरु व्यवस्थापन गरिएको बताए ।
चौपायाका लागि चरन क्षेत्र नभएकाले जङ्गलमा चराउने गरिएको छ । सात बिगाहा वन क्षेत्र छुट्याएर चौपाया व्यवस्थापन गरिएको छ। त्यसमध्ये तीन बिगाहामा मेसवायर जडान गरिएको छ ।

चौपाया व्यवस्थापनमा ठूलो राजनिति भएको अवस्थी बताउछ्न । उनी आफूमाथि मुद्दा परेको उल्लेख गर्दै चौपाया व्यवस्थापनलाई गम्भीर रुपमा लिनु पर्ने बताए ।
चौपाया व्यवस्थापनका लागि बेदकोटमा २०७४ को स्थानीय तह निर्वाचनपछि प्रयास गरिएका थिए ।
बेदकोट नगरपालिका १ को चपरगौडीमा व्यवस्थापन गर्न राखिएका गाई गोरुको कङ्काल भेटिए पछि नगरपालिकाको आलोचना भएको थियो ।
जगदगुरु मोहन चन्द्र आफैले वन क्षेत्र पुगेर अवलोकन गरेका थिए । नगरपालिकाले छाडा गाई गोरुलाई बिर्तामोड समेत पठाएको आरोप लगेको थियो ।
त्यसपछि सुदूरपश्चिम सरकारको सहयोगमा मुसेपानीको चुनेपानी चौपाया व्यवस्थापन गरिएका थिए ।
बैतोडाको चौपाया व्यवस्थापनका लागि १० जना कर्मचारी राखिएका छ्न । उनीहरु गाई गोरु चराउनेदेखि गोबर स्याहोर्ने, घास पराल खुवाउने कार्य गर्दै आएका छन् ।
अवस्थीले नगर पालिकाले आफ्ना कर्मचारी सरह उनीहरुलाई पनि सेवा सुबिधा दिनु पर्ने बताए ।
गौशालामा गाई गोरु राख्न भीमदत्त सहित अन्य क्षेत्रबाट जाने गरिएको छ । छाडा गाई गोरु लिएर राख्न लगेका केहीले कर्मचारीलाई हप्कीदप्की दिने गरेका छन् ।
‘तेरो बाउको हो, भोट हालेको हो हाल भन्छन्’ अवस्थीले भने, ‘यसमा भोट हाल्न राजनीति गर्न भएन ।’
गाई गोरु निर्दोष भएकाले कानुन संशोधन गरेर पनि चरिचरनको व्यवस्था गरिनु पर्ने जोशीले बताए ।
‘यी निर्दोष यी गाईको केही छैन, केही छैन, यिनले खाने घास रोक्ने गरिएको छ, यसका लगि त कानुन संशोधन त गर्न पर्यो’ उनले भने ।
गौशाला स्तरोन्नतिका लागि जग्गा चाहिने भएकोले त्यसका सहयोग गर्न जोशीले आग्रह गरे ।
बेदकोटका समाजसेवी धर्मदेब पन्तले पूरानो सम्पत्ति सरह गाई गोरुलाई पनि घाडो ठानेर सडकमा छाडिएको बताए ।
चौपाया व्यवस्थापन गरी ग्यास प्लान्ट सन्चालन र नश्ल सुधार कार्यक्रम गरी स्थानीयलाई रोजगार दिन सकिने पन्त बताउँछन् ।
बैतोडामा जैबिक मल उत्पादनका लागि तयारी सुरु गरिएको छ । त्यस्का लागि भवन बनाई सकेको छ ।
