ghar sansar

भोटेकोसी बाढी पीडितलाई उदयदेब सहकारीको सहयोग, प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा दुई लाख ११ हजार जम्मा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले भोटेकोशी त्रिशूली बाढी पीडितलाई नगद सहयोग गरेको छ । भदौ १० गते बिहान भोटेकोशी त्रिशूलीमा बाढीले रसुवा सहित १४ जिल्लामा जनधनको ठूलो क्षति भएको छ ।

सहकारीले बिपदमा राहत, उद्वार तथा पुनस्थापन कार्यमा सहयोगका लागि सहयोग गरेको हो । सहकारीले प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा दुई लाख ११ हजार सहयोग जम्मा गरेको छ ।

सहकारीका प्रमुख कार्यकारी अघिकृत गणेश बहादुर चन्दले बिपदमा राहत तथा उद्वारका कार्यमा सहयोग पुगोस भनेर सहयोग गरिएको बताए ।

dirghayi clinic

सहकारीले भदौ १० गते रसुवा लगायतका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

‘उक्त प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि.का शेयर सदस्य, सञ्चालक तथा कर्मचारीहरूबाट राहत सहयोग गरी प्रदान गर्ने निर्णय गरिएको छ’ चन्दले भने ।

सहकारीले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई यथाशाक्य सहयोग पु¥याउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता गरेको छ ।

उदयदेब सुदूरपश्चिमका ठूला सहकारी भित्र पर्छ । सहकारीमा झण्डै तीन हजार शेयर सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...