ghar sansar

भोटेकोशी बाढी पीडितलाई राष्ट्रिय सहकारी पनि गर्यो सहयोग

khasi

महेन्द्रनगर । राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

सहकारीले आइतबार हार्दिक अपलि जारी गर्दै भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । सहकारीले विपदमा परि ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

dirghayi clinic

‘यहि मिति २०८३ साल भाद्र १० गते बुधबारका दिन बिहान भोटेकोशी नदिमा आएको बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा भएको ठुलो धनजनको क्षतिप्रति राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. महेन्द्रनगर, कञ्चनपुर परिवार गहिरो दुःख व्यक्त गर्दछौं । यस प्राकृतिक बिपदमा परि ज्यान गुमाउने मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता ब्यक्तिहरुको खोज तथा उद्धार कार्यमा जुट्न हामी सबैमा हार्दिक अपिल गर्दछौं’ सहकारीका सचिव लिला कुमारी अवस्थीले जारी अपिलमा भनिएको छ ।

सहकारीले राहत र उद्धार कार्यमा थोरै भए पनि सहयोग पुगोस भनेर ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ ।

‘यस कठिन परिस्थतिमा प्रभावित नागरिकहरुको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै सहकारी संस्था समुदायको सुख दुःखको साथीको हो भन्ने मान्यताले लामो समय देखि कारोबार बन्द भएको र २०८३ जेठ २१ गतेबाट पुनः शुन्य बाट कारोबार शुरु गरेको यस संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत र पुर्नस्थापनामा ऐक्यबद्धता जनाई बिपदमा संगैं छौं’ अपिलमा भनिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...