ghar sansar

धौलेपानी वन फँडानीपछि बाणी सव डिभिजन प्रमुख साहलाई शुक्लाफाँटाको जिम्मेवारीबाट हटाइयो, शुक्लाफाँटामा नयाँ वन अधिकृत पठाइए

khasi

महेन्द्रनगर । कैलाली डिभिजन वन कार्यालयले कञ्चनपुरमा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काट्न लगाएका काठ बरामद भएपछि बाणी सव डिभिजन प्रमुख भरत साहलाई शुक्लाफाँटा डिभिजनको जिम्मेवारीबाट हटाइएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले वन अधिकृत रणेन्द्र सिहलाई शुक्लाफाँटा सव डिभिजनको जिम्मेवारी दिएको छ । साह दुई वर्षदेखि बाणी र शुक्लाफाँटा सव डिभिजनका प्रमु्ख थिए ।

धौलेपानीमा काटिएका काठ कटानलाई लिएर साह विवादमा मुछिएका थिए । सव डिभिजन प्रमुख साहले दिपेन्द्र स्मृति सामुदायिक वनका अध्यक्ष पुस्कर चन्दलाई घाटगद्दीका लागि मौखिक निर्देशन दिएका थिए ।

साहको मौखिक निर्देशनपछि धौलेपानीबाट घाटगद्दीमा राख्न ल्याइर्एको काठ साउन १४ गते बरामद भएको भएको थियो । बाणी सव डिभिजनमा राखिएको काठ एक हजार चार सय ७० क्यूफिट छ ।

dirghayi clinic

कैलाली डिजिभनले १ सय ७९ रुख अर्थात ८ हजार क्यूफिट काठ कटानको आदेश दिएको थियो ।

बाणी सव डिभिजनमा राखिएको बरामद काठ २ सय १६ गोलिया छन् । त्यस बाहेक १ सय ८ गोलिया वन क्षेत्रमा छाडिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई अनुसन्धानको जिम्मा दिएका थिए ।

भट्टले काठ कटान अनुसन्धान गरी साउन २२ गते निर्देशनालयमा प्रतिवेदन बुझाएका थिए । काठ बरामद अघि साह विदा लिएर घर बसेका थिए । उनी अनुसन्धान सकिएपछि मात्रै कार्यालय हाजिर भएका छन् ।

प्रतिवेदन बुझाएको तीन सातासम्म कारवाही अघि बढेको छैन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल प्रमुख लक्ष्मीराज जोशीले जनशक्ति नभएकाले साहलाई शुक्लाफाँटा सव डिभिजनको जिम्मेवारी दिइएको र अहिले नयाँ अधिकृत आएपछि उनलाई जिम्मेवारी दिइएको बताए ।

Himal dental
सम्बन्धित
Loading...