

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले भोटेकोशी त्रिशुली बाढी पीडितलाई नगद सहयोग गर्ने भएको छ । भोटेकोशीमा आएको कहाली लाग्दो विनाशकारी बाढीबाट प्रभावितलाई नगद १ लाख रुपैँया सहयोग गर्ने निर्णय गरिएको छ ।

वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बाढीका कारणले ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त बाढीमा बेपत्ता भएका नागरिकरहरुको शीघ्र खोज तथा उद्धार र घाइतेको ्रस्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरिएको बताए ।
रसुवाको भोटेकोशी लगायत धादिङ र नुवाकोटमा बाढीबाट पीडित भएका नागरिकहरुका लागि राहत स्वरुप यस वडाको वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत रहेको विपद् व्यवस्थापन शीर्षकबाट खर्च हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद एक लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।
वडा अध्यक्ष देबकोटाका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
