ghar sansar

धौलेपानी कटानमा संलग्नलाई कारवाही गर्न आनाकानी गरिएको भन्दै बाणी सव डिभिजनमा तालाबन्दी

क्षेत्रीय वन निर्देशक विष्ट र कञ्चनपुर कैलालीका डिएफओ नआएसम्म ताला नखोलिने

khasi

महेन्द्रनगर । धौलेपानी काठ कटान प्रकरण थामथुम पार्ने खोजिएपछि कृष्णपुर नगरपालिका ४ का युवाले बाणी सव डिभिजन कार्यालयमा तालाबन्दी गरेका छन् ।

कैलाली वन डिभिजन कार्यालयले क्षेत्राधिकार मिचेर कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ धौलेपानी राष्ट्रिय वनमा रुख कटान गर्न लगाएको थियो ।

बाणी सव डिभिजनले साउन १४ गते घाटगद्दीका लागि दिपेन्द्र स्मृति सामुदायिक वनमा मौखिक निर्देशन दिएपछि धौलेपानीबाट ल्याइएको २ सय १६ गोलिया काठ बरामद गरिएको थियो ।

dirghayi clinic

बरामद काठ वन कार्यालयमा अनलोड गरी बोक्न प्रयोग गरिएका ट्रयाक्टर छाडिएका छन् । सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले साउन १५ गते अनुसन्धान अधिकृत तोकेर कटानको अनुसन्धान गरेको थियो ।

अनुसन्धान अधिकृतले साउन २२ गते प्रवितेदन बुझाएका थिए । त्यसपछि काठ कटानलाई लिएर कारवाही अघि बढ्ुन नसकेर थामथुम पार्ने प्रयास हुन थालिएको आशंका गरिएको थियो ।

कृुष्णपुर ४ का युवाले काठ अनुसन्धान छानबिन प्रतिवेदन कार्यान्वय गरी कारवाही गर्नको सट्टा वास्ता नगरिएको र आफै मातहतको वन फँडानी हुँदासम्म मौन बसेको भन्दै बाणी सव डिभिजन वन कार्यालयमा तालाबन्दी गरिएको छ ।

उनीहरुले क्षेत्रीय वन निर्देशक हेमराज विष्ट, कैलालीका वन प्रमुख राम विचारी ठाकृर र कञ्चनपुर वन प्रमुख लक्ष्मी जोशी बाणी नआएसम्म तालाबन्दी नखोलिने चेतावनी दिएका छन् ।

बाणी सव डिजिभन प्रमुख साहलाई उनीहरुले आफू मातहतको वन संरक्षण नगरी अवैध काटिएको काठ घाटगद्दी गराउन सहयोग गरेको भन्दै आक्रोश पोखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...