

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

सहकारीले बाढीबाट मृत्यु भएका सबैमा श्रद्धाञ्जली, परिवारलाई समवेदना र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।
सहकारीका अध्यक्ष देबकी ऐरीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले २१ हजार १ सय ५१ रुपैँया सहयोग गर्ने निर्णय गरेको व्यवस्थापक सविता चन्दले जानकारी दिइन् ।
बाढीबाट उत्पन्न अप्ठेरो अवस्थामा खोज, उद्धार तथा राहतका लागि सहयोग पुगासो भनेर सहयोग गरिएको चन्दले बताइन् ।
