ghar sansar

भोटेकोशी त्रिशूली बाढी पीडितलाई नव प्रतिभा स्कुलको ५१ हजार सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित नव प्रतिभा पब्लिक सेकेन्ड्री स्कुलले भोटेकोशी त्रिशूली बाढीबाट पीडित वासिन्दालाई सहयोग गरेको छ ।

विद्यालयले विपद्बाट पीडित वासिन्दाको खोजी, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ ।

विद्यालयले ५१ हजार सहयोग कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल बीर बहादुर चन्दले बताए ।

‘यो विनाशकारी बाढीको अत्यन्तै दुःखद अवस्था हो, यस्तो बेला केही न केही सहयोग हुन्छ भनेर विद्यालयबाट सहयोग गरिएको हो’ उनले भने ।

dirghayi clinic

भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।

विद्यालयका प्रिन्सिपल चन्दले विपद्मा सबैले सहयोग गर्न पर्ने आवश्यकता भएको बताए ।

नव प्रतिभामा नर्सरीेदेखि कक्षा १० सम्म पठनपाठन हुने गरेको छ ।

बाढीपछि सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तह र व्यक्तिगत रुपमा प्रधानमन्त्री कोषमा सहयोग गरिएको छ ।

यस अघि लिटिल बुद्ध एकेडेमी, इन्टरनेशनल पब्लिक स्कुल, उल्टाखामको मोडर्न मन्टेश्वरी विद्या मन्दिर, सुदूरपश्चिम विश्वविद्यालय लगायतले सहयोग गरेका छन् ।

यसैगरी भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीले सहयोग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...