ghar sansar

भोटेकोशी त्रिशूली बाढी पीडितलाई इन्टरनेशनल पब्लिक स्कुलको हालसम्मकै ठूलो सहयोग, विद्यार्थीको खाजा खर्च सहित तीन लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा

khasi

महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलले भोटेकोशी त्रिशूली बाढीबाट पीडित वासिन्दालाई तीन लाख ५१ हजार सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालक समितिले बाढी पीडितलाई सहयोग गरेको छ ।

विद्यालयले बर्सेनी मनाउँदै आएको तीज कार्यक्रम यस वर्ष नगर्ने निर्णय गर्दै खर्च रकम पनि बाढी पीडितलाई सहयोग गरेको छ । विद्यार्थीहररुले खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका छन् ।

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार विद्यालय प्रशासनबाट एक लाख सात हजार चार सय ५० रुपैँया सहयोग गरिएको छ ।

यसैगरी विद्यार्थीले ६१ हजार तीन सय ५० र शिक्षक कर्मचारीले एक लाख ५७ हजार दुई सय सहयोग गरेका छन् । तीज कार्यक्रमको २५ हजार खर्च पनि सहयोग गरिएको छ ।

विद्यार्थी, शिक्षक कर्मचारी, विद्यालय प्रशासनले ३ लाख ५१ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

dirghayi clinic

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले विपद्ले देश शोकमा डुबेको बेला तीज मनाउने कार्यक्रम रद्द गरिएको बताए ।

‘हाम्रो बिद्यालयमा अध्यापनरत शिक्षिकाज्यूहरुले देश शोकमा डुबेको बेलामा तिज विशेष कार्यक्रम नमनाउने निर्णय गर्दै उक्त कार्यक्रमकालागि छुट्ट्याइएको रकमपनि सहयोग गर्नु भएको छ । सम्पुर्ण शिक्षिका ज्युहरुमा उच्च सम्मान ब्यक्त गर्दछौ’ उनले भने ।

विद्यार्थीहरुले खाजा खर्च कटाएर विपदु्मा सहयोग गरी मानवीय कार्य गरेको भन्दै विद्यालयले गर्व गरेको छ ।

‘हाम्रा प्यारा नानी बाबुहरूले समेत आफ्नो खाजा खर्चबाट केही रकम छुट्याएर सहयोग गर्नु भएको मानवीय कार्यप्रति हामी अत्यन्त गर्व गर्दछौँ । सानो सहयोगले पनि कसैको दुःखमा मल्हम लगाउन सकिन्छ भन्ने भावना बोकेका हाम्रा विद्यार्थीहरूको यो योगदान वास्तवमै प्रेरणादायी छ’ उनले भने, ‘हालै रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी आसपासका क्षेत्रहरू अत्यन्त प्रभावित भएका छन् । यस दुःखद घडीमा बाढी प्रभावित नागरिकहरूलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको हो ।’

निजी शिक्षण संस्थाबाट विपद्मा अहिलेसम्म सबैभन्दा ठूलो रकम इन्टरनेशनबाट गरिएको हो । केही दिन अघि लिटिल बुद्ध एकेडेमीले एक लाख सहयोग गरेको थियो ।

यसैगरी भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित नव प्रतिभा पब्लिक सेकेन्ड्री स्कुलले ५१ हजार सहयोग गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...