ghar sansar

भीमदत्त ४ नम्बर वडाको तीज खर्च भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ नम्बर वडा कार्यालयले साँस्कृतिक प्रवद्र्धनका लागि विनियोजित बजेट बाढी पीडित वासिन्दालाई सहयोग गर्ने भएको छ ।

वडा अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा बसेको बैठकले साँस्कृतिक प्रवद्र्धन अन्र्तगत तीज कार्यक्रमका लागि छुट्याएको बजेट भोटेकोशी त्रिशूली बाढी पीडित वासिन्दालाई सहयोग गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

बाढी पीडितलाई ५१ हजार सहयोग गर्ने निर्णय गरिएको हो । बाढी पीडित वासिन्दालाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरिएको छ ।

बैठकमा अध्यक्ष भट्ट सहित लक्ष्मी पाण्डेय, विवेकराज जोशी, हिरा सार्की र वडा सचिव पुष्पराज कलौनी सहभागी थिए ।

वडा कार्यालयले बाढीमा परी मृत्यु भएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना दिएको छ । बैठकले घाइतेहरु सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।

भीमदत्त १७ नम्बर वडाले मंगलबार तीज खर्चको रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...