ghar sansar

कञ्चनपुरमै छ यस्तो सरकारी विद्यालय, जसको प्रगति अरुका लागि बन्न सक्छ प्रेरणा

अनौठो प्रार्थना, साधारण र प्राविधिक विषय पढाइ, छात्राबाससम्म सुविधा

khasi

महेन्द्रनगर । बेदकोट नगगपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक थिरेन्द्र चन्द्र भट्ट २०५२ मा भगवानपुर मावि भुडाबाट सरुवा भएर आएका थिए ।

भट्ट २०५० चैतमा उनी निमाबि तह विज्ञान बिषयको अस्थायी नियुक्ति लिएर भुडा पुगेका थिए । त्यसको एक बर्ष अघि उनले जन सेवा प्राथमिक विद्यालय टेडुवामा पहिलो पोष्टिङ्ग भएको थियो ।

भगवानपुर भुडाबाट प्राथमिक तह स्थायी शिक्षक भएर आएका उनी प्राथमिक तहका विद्यार्थीले घरबाट बोरा ल्याएर भुईमा बस्ने गरेको र निमाबिकाले ढुङ्गामाथि तख्ता राखेर बस्ने गरेको सम्झन्छ्न् । कक्षा १ देखि ८ सम्म पढाई हुन्थ्यो । एक सय १५ विद्यार्थी थिए ।

‘समान्य थियो, विद्यार्थी एक सय १५ विद्यार्थी थिए, टिचर अपुग थिए, भौतिक अवस्था समान्य थियो ’ सहायक प्रधानाध्यापक भट्ट सम्झन्छ्न, ‘निमाबि तहमा दुई ढुङा्मा तख्ता राखेर बेन्च बनाइएको हुन्थ्यो, बेन्च थिएन, भुइमा बस्थे घरबाट बोरे ल्याउँथे ।’

रातो टीनले छाएको आठ कोठे भवन थियो । पछि रातो टीनको भवन १० कोठे पक्की भवन बनेपछि भत्काइएको थियो ।
६० को दशकसम्म बिद्यालय भौतिक पूर्वाधार निर्माणले अपेक्षित गति लिन सकेन । यस बिचमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले २०५३ मा दुई कोठे ब्लक दिएको थियो ।

२०६० असोज १ गते भट्टले प्रधानाध्यापकको जिम्मेवारी लिए । उनी प्रधानाध्यापक हुदा एक सय ६२ विद्यार्थी थिए । भट्टले जिम्मेवारी पाएसंगै विद्यालयलाई माबि बनाउन थालियो ।

तत्कालीन दैजी गाविसमा शारदा बाहेक अन्य मावि थिएन । निजी स्रोतमा माबि सञ्चालनका लागि स्थानीय कस्सिए । दैजी गाविसका तत्कालीन अध्यक्ष रामदत्त जोशी, केशवदत्त भट्ट र धन वहादुर पातलीले माबि बनाउने अभियानको नेतृत्व लिए ।

दैजी गाबिस शारदा बहेक अन्य स्कुल थिएन, रामददत्त जोशी, केशब दत्त भट्ट र धन बहादुर पातली स्थानीय अभिभावकको देन हो भट्टले भने, २०६० मा माबि निजी स्रोतमा माबि सञ्चालन भयो ।

सामुदायिक वन र स्थानीयले धरौटी र शिक्षक हरुका लागि डेढ लाख सहयोग जुटाएका थिए । बेदकोट सामुदायिक वन, जनचेतना सामुदायिक वन लगायतले माबि सञ्चालनका लागि सहयोग गरेका थिए ।

पहिलो बर्ष ६७ विद्यार्थी भर्ना भएकोमा २०६३ मा पहिलो व्याचले एसएलसी दियो । निजी स्रोत, प्राथमिक र निमावि तहका शिक्षक ९ र १० मा पढाउँथे । २०६५ मा बिद्यालयले माबिको एक दरबन्दी पायो ।

माबिमा पठनपाठन सुरु भएपछि २०६० मा गैरसरकारी संस्था आरआरएनबाट ५ कोठे पक्की भवन सहयोग पायो। त्यसपछि तत्कालीन जिल्ला विकास समितिबाट तीन कोठे भवन आएपछि पूर्वाधार निर्माणमा फड्को मारिएको थियो । २०६५ मा शिक्षा कार्यालय चार कोठे र अर्को बर्ष फेरि चार कोठे भवन निर्माण गरिएको थियो ।

विद्यार्थी संख्या बढ््न थालेकाले भवनको आवश्यकता परेको थियो । २०६४ मा ६ देखि १० कक्षासम्म सेक्सनमा विभाजन गरी पढाउन थालियो ।

२०७५ पुग्दा बिद्यालय नमूना मावि प्रस्तावित भयो । नमूना प्रस्तावित भएको दुई बर्ष पछि ११ र १२ कक्षाको अनुमति लिएर पठनपाठ्न थालियो । व्यवस्थापन, शिक्षा र मानविकी विषय पठनपाठन हुन्छ ।

सरकारको प्राविधिक पढाउने नीति अनुसार २०७२ देखि प्राबिधिक धारतर्फ कम्प्युटर इन्जिनियर पढाउन थालिएको थियो । ‘प्राविधिक पढ्न बाहिर जानु पर्ने अवस्था थियो, गरीब अवस्थाका विद्यार्थीले बाहिर गएर पढ्न सक्ने अवस्था थिएन’ सहायक प्रधानाध्यापक भट्टले भने, ‘यो क्षेत्रमा अन्त पनि नभएकाले सुरु गरियो ।’

नमूना प्रस्तावित भएपछि विद्यालयले शैक्षिक र भौतिक पूर्वाधार निर्माणमा अनपेक्षित उपलब्धि हासिल गर्यो । नमूना कार्यक्रमबाट एकै पटक २२ कोठे भवन बनेको थियो ।

कंचनपुर २ का तत्कालीन साङ्सद नर बहादुर धामीको संसद बिकास कोषबाट ६ कोठे भवन बन्यो । सुदूरपश्चिम सरकारले छात्राबास बनाइ दियो ।

संविधान सभा सदस्य कृपा राम राना, बहादुर थापा, दुर्गा खुना, टेकेन्द्र भट्टले फर्निचर निर्माणमा सहयोग गरेका थिए ।

अहिले विद्यालयमा कक्षा कोठा व्यवस्थापन , बिज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला , जन शक्ति बिकास, विद्यार्थी संख्य वृद्धि , नतिजा सुधार , बिद्यालयप्रति समुदयको भावना विकास र व्यवस्थित विद्यालय भएर संचालन हुन सकेकोमा भट्ट खुशी व्यक्त गर्छन् । ‘यो हामी शिक्षक कर्मचारी विद्यार्थी अभिवावक र कम्युनिटीलाई गर्वको कुरा हो’ उनले भने ।

अहिले नेपाली र अंग्रेजी दुबै माध्यममा पढाई हुने गर्छ । बाल बिकासमा मात्रै एक सय २३ विद्यार्थी छ्न् । गत शैक्षिक सत्रमा एक हजार ६ सय विद्यार्थी थिए ।

dirghayi clinic

भट्ट २०८१ असार सम्म बिद्यालयका प्रधानाध्यापक थिए । तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने नीति आएपछि उनी जिम्मेवारीबाट बाहिरिएका हुन् ।

बैतडीको दशरथ नगरपालिका ५ भट्ट गाउका उनी शिक्षक नभएर सेना प्रहरीको जागिर खान चाहन्थे । सिद्धबाथ बिज्ञान क्याम्पसमा पढ्दा उनले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) र सेनाको सेकेन्ड लेफ्टनका लागि परिक्षा दिएका थिए ।

फौजी जागिरका लागि फाराम भर्न अघि उनले शिक्षक सेवा आयोगको प्राबि स्थायी परिक्षा पास भइ सकेका थिए । बुवा मोहनचन्द्र भट्ट जिल्ला अदालतका डिट्टा भएकाले उनलाई उच्च शिक्षा अध्ययनमा बाधा अवरोध थिएन । बिरेन्द्र माबि शाहीलेकबाट २०४४ मा एसएलसी गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएका थिए ।

प्रष्ट वक्ता, हक्की स्वभाव, सबैसित घुलमिल गर्न सक्ने र भट्ट हरेक कुराको नेतृत्व लिने क्षमता भएका शिक्षक मानिन्छन् ।

अहिले नवराज पन्त प्रधानाध्यापक छन् । अङ्ग्रेजी बिषयका शिक्षक उनी शालिन र भद्र छविका छन् । अहिले विद्यालयमा ३३ सेक्सन छन् । ४९ जना शिक्षकमध्ये १० स्थायी, ९ प्राबिधिक र २ जना प्लस टु दरबन्दीमा छ्न । १० जना शिक्षक निजी स्रोतका छन् ।

दुई बर्षदेखि बिद्यालयमा अन्य बिद्यालय भन्दा भिन्न प्रार्थना हुने गरेको छ । बुटवलको कालिका मानवका पीटी शिक्षक बोलाएर नयाँ शैलीको पीटी सुरु गरिएको थियो ।

बिद्यालय सुरु हुन अघि ५ मिनेट अघि घण्टी बज्छ । विद्यार्थी र कक्षा शिक्षक आ आफ्नो कोठामा जान्छन् । शिक्षकले हाजिर लगाउँछन् । ५ मिनेटपछि म्यूजिक र घण्टी वजेपछि शिक्षक सहित विद्यार्थी बाहिर निस्केर प्रार्थना लाइन लाग्छन् ।

प्रार्थनामा मयुजिकल पिटी, राष्ट्रिय गान, सरस्वती बन्दना र कहिलेकाही शिक्षक विद्यार्थी दुबैले सन्देश सुनाउने गरेका छन् । प्रार्थना सकिएपछि शिक्षक विद्यार्थी दुबै एक साथ कक्षा कोठामा जाने गरेका छन् ।

बिद्यालयका सहायक प्रधानाध्यापक भट्ट देशभरका उत्कृष्ट ५ सय बिद्यालयभित्र पर्ने गरी विकास भएको बताउँछन् । ‘शिक्षक, विद्यार्थी अभिवावकको साथले बिद्यालय अघि बढेको हो’ उनले भने ।

विद्यार्थीको सिकाई उपलब्धि प्रभावकारी बनाउन प्रोजेक्टरबाट पढाउने गरिएको छ । अहिले निजी बिद्यालयका विद्यार्थी पढ्नका लागि बैजनाथ रोज्न थालेका छन् ।

कक्षा ८ की बिपासा जोशी आफू राम्रो लागेर पढ्न आएको बताउछिन् । शिशु बिद्या मन्दिरमा नर्सरी, कक्षा ३ सम्म उज्वल दीप एकेडेमी भम्का र त्यसपछि आशिर्वाद एकेडेमीमा उनले पढेकी थिइन । बेदकोट १ हात्तीथलाकी उनी शिक्षक बन्न चाहन्छिन् ।

बैजनाथ माबि स्थानीय चन्द्र रानाको घरबाट सञ्चालन भएको इतिहास भेटिन्छ । एक बर्षसम्म घरमै चलेको यो बिद्यालयका लागि स्थानीय सिद्ध राज भट्टले तीन बर्ष शिक्षकहरुको तलबका लागि अन्न उठाएका थिए ।

अहिले बिद्यालय भएको जग्गा स्थानीयको गौचरन थियो । २०३३ बिद्यालयको जग बगुन खोला किनारमा हालिएको थियो । २०३० बिद्यालय संचालन भएको बताइन्छ ।

२०४६ सम्म प्राथमिक तहसम्म चलेको बैजनाथका पहिलो प्रधानाध्यापक बिर सिंह भण्डारी हुन् ।

विद्यालयमा पढेका विद्यार्थीहरु राज्य संचालनका बिभिन्न निकायमा पुगेका छन् ।

पूर्व विद्यार्थी कृपाराम राना संविधान सभा सदस्य भएर नया संविधान निर्माणमा सहभागी भए । रानाले बिद्यालय व्यवस्थापन समिति नेतृत्व र शिक्षण समेत गरि सकेका छन् ।

विद्यालयका प्रधानाध्यापक नवराज पन्त बिद्यालयको नतिजा सुधार हुँदै गएको र जनशक्ति अभाव भएको बताउँछन् ।
विद्यार्थी संख्याका आधारमा अझै १० देखि १२ जना शिक्षक चाहिने उनको भनाई छ ।

विद्यार्थीको सहज आउजाउका लागि भाडा लिएर बस सञ्चालन गरिएको छ । विद्यार्थीहरु टाढा टाढाबाट आउने भएकाले भाडामा बस सञ्चालन गरिएको छ ।

विद्यालयलाई गुणस्तरीय शिक्षाको हब बनाउने लक्ष्य राखेर अघि बढेको प्रधानाध्यापक पनत बताउँछन् । पाँच वर्षभित्र अढाई हजार विद्यार्थी पुगाउने र हरित बिद्यालका रुपमा विकास गर्ने लक्ष्य छ ।

‘विद्यालय छिर्दा एक पटक यताउता हेर्न रोकिनु पर्ने अवस्थाको बनाउन सकिन्छ, त्यसका लागि लागि परेका छौ’ प्रधानाध्यापक पन्तले भने ।

Himal dental
सम्बन्धित
Loading...