ghar sansar

दोधारा चाँदनी पुगेर काँग्रेस नेता साउँद भन्छन्– एकताका लागि कम्मर कसेर लगेका छौ, एकता हुन सकेन भने नयाँ यात्राका लागि तयार रहन होस

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टी एकताका लगि गरिएका प्रयास असफल भएपछि नयाँ यात्राका लागि तयार बस्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

दोधारा चाँदनीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताका लागि कम्मर कसेर लागि रहेको उल्लेख गरे । ‘एकताका लागि कम्मर कसेर लागेका छौ, एकता हुन सकेन भने यात्राका लागि कम्मर कस्नु होस, यो भन्दा अरु केही छैन’ उनले भने ।

नेता साउदले आगामी महाधिवेशनलाई एकताको अधिवेशन बनाउन वार्ता र छ्लफलका लागि आफूहरू तयार भएको र पार्टी बिभाजन हुन हरसम्भव प्रयास गर्ने बताए ।

‘हाम्रो तर्फबाट पार्टी टुट्दैन, हामी पार्टी बलियो र एक ढिक्का बनाउन चाहन्छौ’ उनले भने, ‘तर हाम्रो आग्रह वेवास्ता गरी पटके अधिवेशन सारेर यो समस्याको हल हुँदैन ।’

साउदले बिशेष महाधिवेशन पक्षले तत्काल घोषित अधिवेशन रोके मात्रै पार्टी बिभाजन जोगाउन सकिने बताए । ‘अहिले पार्टी एकता जोगाउने एउटै उपाय छ, त्यो भनेको तोड्नेलाई रोक्नु पर्छ, बिशेष महाधिवेशन पक्षले अहिलेलाई अधिवेशन रोकौ’ उनले भने ।

dirghayi clinic

काँग्रेसको बिशेष महाधिवेशनबाट निर्वाचित समितिले भदौ २४ गतेदेखि १५ औ महाधिवेसन अन्तर्गत वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

यसैगरी १४ औ महाधिवेशन बाट निर्वाचित शेर बहादुर देउवा नेतृत्वको समूहले असोजमा गर्ने घोषणा गरेको छ ।

साउद ती दुबै अधिवेशन रोकेर पार्टी एकता हुनु पर्ने बताउँछन् । अधिवेशन रोकेर दुबैले अदालतको आदेश पर्खिनु पर्ने उनले बताए ।

आगामी महाधिवेशनलाई अनेकताको वनाउन नहुने उल्लेख गर्दै उनले जोखिम मोलेर गरिए ठूलो आत्मघाती हुने साउदले चेतावनी दिए । ‘अहिले अनेकताको अधिवेशन गर्न हुँदैन, यदि यो जोखिम लिए भने यो सबैभन्दा ठूलो आत्मघाती हुनेछ’ साउदले भने, दुबै थरी अधिवेशन रोकौ, हामीलाई वैधता दिइयो भने वहाहरु आउन हुन्छ, उहाँहरुले पाउनु भो भने पछि लाग्नेवाला लाग्छन्, घरमा बस्ने बस्ने बसि राख्छ्न ।’

आगामी महाधिवेशनलाई एकताको अधिवेशन वनाउन अहिले घोषित अधिवेशन स्थगित प्रमुख आधार भएको उनले बताए ।

बिशेष महाधिवेशन गरी चुनाव लड्ने गल्ती दोहोरिन हुने पक्षमा आफूहरू नभएको साउदले प्रष्ट पारे ।

अदालतमा मुद्दा बिचाराधिन भएकाले नतिजा जसको पक्षमा आउन सक्ने बताए । ‘अदालती प्रक्रियामा गएको छ, यो केश अदालतमा छ, यसको अर्थ जसको पक्षमा जे पनि हुन सक्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...