ghar sansar

पुख्र्यौली बिँडो थाम्दै बर्सेनी भदौ २० गते मनाइन्छ तिलाचौरमा बिर्सती

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ का तिलक जप्रेल भदौ २० गते शनिबार साँझ तिलाचौरस्थित त्रिभुवन माध्यमिक बिद्यालयको प्राङ्गणमा बिर्सती मेलामा देउडा खेलमा रमाए ।

बर्सेनि मेला हेर्ने तिलाचौर पुग्ने उनी यस बर्ष पनि दिउँसो त्यहा पुगेका थिए । ‘यो हाम्रो पुख्र्यौली पर्व हो, त्यसैले यहा आएर मनाउँछौ ’ उनले भने ।

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ्ग पुख्र्यौली भएका बझाङ्ग समुदायका बासिन्दाले बर्सेनि भदौ २० गते बिर्सती मनाउने गरेका हुन् ।

बझाङ्गका पुजारा, भण्डारी , थापा, रावल, मिश्र, जोशी, जप्रेल लगायतले बिसरती मनाउने गछ्र्न । बझाङ्गको दुर्गा थली गाउ पालिका र छबिस पाथिभरा, गाउ पालिकामा बिर्सती मनाउने गरिन्छ ।

भीमदत्त नगरपालिका ८ का वडा सचिव हरि प्रसाद मिश्रले बिर्सती मेला दुर्गाको पूजा आराधाना गरी मनाइने बझाङ्ग समुदायका बासिन्दाको मौलिक चाड भएको बताए ।

‘यो पहिलेदेखि मनाउँदै आएका छौ, दुर्गाको तिहार हो, दुर्गाको पूजा अराधान गरी मनाउँछौ’ उनले भने ।

बिहानदेखि पूजा आराधना सुरु भएर दिउसो भीमदत्त नगरपालिका १० स्थित दुर्गा माताको मन्दिरबाट चाभाइ खेल तिलाचौर आएपछि मेलामा परिणत हुने गरेको छ ।

चाभाई खेल दुर्गासित पछुतो भएर नाचमा पोखिएको दृश्य मानिन्छ ।

भीमदत्त नगरपालिका १० का गोकुल देब जोशी भदौ २० गते मेला हुने भएकाले बिर्सती मेला राखिएको बताए । ‘जसरी अरु समुदायका चाडपर्व छन्, त्यसैगरी यो हाम्रो पर्व हो, यसलाई शाह हामी सबै धुमधामसंग मनाउँछौ,’ उनले भने ।

बझाङ्ग पुख्र्यौलीका जिल्ला भर बसोबास गर्ने बासिन्दा बर्सेनि तिलाचौर पुगेर मेला मनाउने गरेका छन् ।

dirghayi clinic

भीमदत्त १० मा बर्षौ अघि दुर्गाको मन्दिर निर्माण गरिएको थियो । त्यसपछि मन्दिरमा पूजापाठ र तिलाचौर विद्यालय प्राङ्गणमा मेला लाग्दै आएको हो ।

मेलामा रात भरि महिला पुरुषले देउडा खेल्ने गरेको वडा सचिव मिश्रले बताए । मेलामा देउडा खेल्न भीमदत्त, दोधारा चादनी, बेदकोट सहित बिभिन्न स्थानबाट अन्य समुदायका वासिन्दा पुग्ने गरेका छन् ।

साँझदेखि अर्को दिन बिहानसम्म देउडा खेल्ने गरिन्छ । मेलामा मिठाई, नास्ता, खेलौना लगायतका पसल राख्ने दिने गरिएको छ । मेलाका लागि वडा कार्यालयले बत्तीको व्यवस्था गरेको छ । मेला सुरक्षाका लागि नेपाल प्रहरीको सहयोग लिइएको छ ।

दुर्गाको भेषमा आएकी पाहुनालाई घर बेटीले उनको आग्रह वेवास्ता गरी छिद्रबाट लुकेर चियाएपछि चाचाहुई गरिएको किंवदन्ती छ ।

दुर्गा घरबाट निस्केपछि पछुतो मानेर दुर्गाको पूजाआजा गरी बिसरती मनाउन थालिएको बताइन्छ ।

बझाङ्गमा दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकाको बीच भाग थली नौबिसमा मेला लाग्ने गरेको उनीहरु बताउँछन् ।

हरेक वर्ष भदौ १८ गते साँझ लेकगाउँको दैपाडामा पूजा आराधना शुरू गरेपछि प्रारम्भ हुने बिर्सती मेला सुरु हुने गरेको छ । भदौ २० गतेबाट मेला लाग्ने भएकाले यस मेलाको नाम बिर्सती भन्न थालिएको बताइन्छ ।

धार्मिक कथन अनुसार परापूर्वकालमा महादेव र पार्वती वनविहारमा रहेको बेला घुम्दै मधेशबाट थलिसैनमा आएको र त्यहाँको एक गरिब रोकाया जातकी महिलालाई खाना खुवाउन अनुरोध गरेको किंवदन्ती छ ।

रोकाया महिलाले आफू गरिब भएको र आतिथ्य सत्कार गर्न केही नभएको भनेर महादेवलाई बिन्ती गरेको र महादेवले उनको भण्डारमा विभिन्न अन्नलगायत गोठमा भएको थारो गाईलाई समेत दुहुनो बनाइदिएको कथा मेलासँग जोडिएको छ ।

त्यसपछि रोकाया महिलाले खाना बनाएर खुवाउने बेलामा महादेवले उनलाई आफूहरूले खाएको नहेर्नु भनेका थिए । तर, महिलाले लुकेर महादेव दम्पतीले खाना खाएको हेरेको र त्यो कुरा थाहा पाएपछि महादेव पार्वती खाना नखाई त्यहाँबाट हिँडेको कथाबाट बुझ्न सकिन्छ ।

महादेव भागेपछि वृद्ध महिलाले च्वच्व (पछुतो व्यक्त गर्ने शब्द) गर्दै उनीहरूको पछि दौडिएको कथा छ ।

 

Himal dental
सम्बन्धित
Loading...