

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१०, गौशाला नजिकै लटाली टोलकी १४ वर्षीया सृष्टि सुनार महाकाली नदीमा बगेर बेपत्ता भएकी छन् ।
सोमबार करिब १२ बजेको समयमा नदी किनारमा भिडियो बनाउने क्रममा उनलाई महाकाली नदीले बगाएको हो ।


घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । अहिले सुरक्षाकर्मीको टोली र स्थानिय युवाहरुले महाकाली नदी आसपासका क्षेत्र र भारतको सिमामा बालिकाको खोजी कार्यलाई तीव्रता दिएको छ ।

महाकाली नदीमा पानीको तीव्र वहावले खोजी कार्य असहज भएको उद्धारकर्ताले बताएका छन् । बालिका अहिलेसम्म भेटिएकी छैन ।

तस्बिर : खडक रावल
