ghar sansar

धौलेपानी कटान प्रकरण : बाणी सव डिभिजन प्रमुख साह हटाइए, राम मिलन रानालाई जिम्मेवारी

khasi

महेन्द्रनगर । धौलेपानी काठ कटान प्रकरणमा विवादित बनेपछि बाणी सव डिभिजन वन कार्यालय प्रमुख वरिष्ठ वन अधिकृत भरत प्रसाद साह जिम्मेवारीबाट हटाइएका छन् ।

कैलाली डिभिजन वन कार्यालयले बाणी सव डिभिजन अन्र्तगत कृष्णपुर नगरपालिका ४ स्थित धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गराएको थियो ।

बाणी सव डिजिभन प्रमुख साह कृष्णपुर नगरपालिका १ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा काठ घाटगद्दीका लागि मौखिक निर्देशन दिएर विदा बसेका थिए ।

सामुदायिक वनमा घाटगद्दीका लागि काठ आएका दिन साहले साउन १३ गते घर विदाका लागि निवेदन दिएका थिए । उनी विदा बसेको दुई दिनपछि कैलालीको अत्तरिया लैजान निगाली बण्डमा राखिएको सहित घाटगद्दीको काठ बरामद गरिएको थियो ।

डिजिभन वन कार्यालयले काठ बरामद भएको एक महिनापछि साहलाई जिम्मेवारीबाट हटाएको छ । पाँच दिन अघि साहलाई बाणी सव डिभिजन प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।

साहलाई शुक्लाफाँटा सव डिभिजनको जिम्मेवारी दिइएको छ । बाणी सव डिजिभनको जिम्मेवारी लालझाडी सव डिभिजन प्रमुख राम मिलन रानाले पाएका छन् ।

धौलेपानी काठ बरामद हुँदा राना बाणी सव डिभिजनमा निमित्त प्रमुख थिए । उनी लालझाडी सव डिभिजन पनि हेर्छन् ।
साउन १५ गते कञ्चनपुर वन डिभिजनका तत्कालिन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्ट र राना नेतृत्वको टोलीले काठ बरामद गरेको थियो ।

धौलेपानी काठ कटानमा साह चुपचाप बसेको र घाटगद्दीका लागि मौखिक निर्देशन दिएको भन्दै उनीमाथि छानबिन गरी कारवाहीको हुन पर्ने माग गरिएको थियो ।

कृष्णपुर ४ का युवाले साहलाई कारवाहीको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

dirghayi clinic

सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले भदौ १५ गते धौलेपानी कटानको विस्तृत अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिएको थियो । 

क्षेत्रीयको निर्देशन आएको तीन दिनपछि साहलाई जिम्मेवारीबाट हटाइएको छ ।

साह दुई वर्षदेखि बाणी सव डिभिजन प्रमुख छन् । उनी धौलेपानी काठ कटान अघि शुक्लाफाँटाको जिम्मेवारी पनि निर्वाह गर्दै आएका थिए ।

धौलेपानीमा काठ कटान भएपछि उनलाई शुक्लाफाँटाको जिम्मेवारीबाट हटाइएकाृे थियो । शुक्लाफाँटामा वन अधिकृत रणेन्द्र सिहलाई जिम्मेवारी दिइएको थियो ।

अहिले सिंहलाई धौलेपानी काठ कटान अनुसन्धानको जिम्मा दिएर साहलाई बाणीबाट शुक्लाफाँटामा ल्याइएको छ ।
धौलेपानी काठ अनुसन्धानका लागि साहलाई बाणी प्रमुखबाट हटाइएको वन अधिकारीहरुले बताए ।

‘काठ कस्तो के हो, केही नबुझेर उपल्लो निकायलाई खबर नगरी घाटगद्दी गर्न लगाउने कार्य कानुन दायराभित्र पर्दैन, वहाँलाई त त्यति बेला अनुसन्धानको दायरामा ल्याउनु पर्ने हो’ एक वन अधिकृतले भने ।

साह बाणीबाट शुक्लाफाँटा आएका छैनन् । कैलाली काठ कटानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि उनी बाणी पुगेका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले बाणीमा साहको दुई वर्षे कार्यकाल भएकाले अर्को ठाउँमा जिम्मेवारी दिइएको बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले बाणीमा साहको दुई वर्षे कार्यकाल भएकाले अर्को ठाउँमा जिम्मेवारी दिइएको बताए ।

‘धौलेपानी कटानको कुरा पनि छ, वहाँको त्यहाँ दुई वर्ष पूरा भइ सकेको छ’ उनले भने,‘त्यहीं भएर जिम्मेवारी हेरफेर गरिएको छ, एक दुई दिनमा शुक्लाफाँटा आउनु हुन्छ ।

Himal dental
सम्बन्धित
Loading...