

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित एभरेस्ट एभरग्रिन इङ्गलिश स्कुलले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

विद्यालयका विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकले सहयोग संलकन गरी सहयोग गरेका छन् ।
विद्यालयले ५१ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ ।
विद्यालयका प्रिन्सिपल प्रेमबल्लब भट्टले प्याब्सन केन्द्रीय समिति मार्फत कोषमा पठाएको जानकारी दिए ।
‘विद्यार्थी नानीबाबुहरूले आफ्नो सानो–सानो रकमबाट गरेको योगदानले मानवता र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गरेको विद्यालयले जनाएको छ । संकलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएका छौ’ उनले भने ।
