ghar sansar

दोधारा चाँदनीका युवाले सहयोग जुटाएर पठाए भोटेकोशी बाढी पीडितलाई राहत सामाग्री

khasi

महेन्द्रनगर । दोधारा चाँदनीका युवाहरूले भोटेकोशी रसुवाका बाढीपीडितका लागि करिब १८ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी पठाएका छन् ।

भदौ १० गते भोटेकोसीमा आएको बाढिमा परेका पीडितलाका लागि दोधारा चादनिका स्थानीय बजारबाट संकलन गरिएको राहतमा औषधि, रस्सी, त्रिपाल, कपडा, जुत्ता–चप्पल, खानेपानी, खाद्यान्न लगायत आवश्यक सामग्री संकलन गरी पठाएका हुन् ।

dirghayi clinic

बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आफूहरूबाट हुन सक्ने सानो सहयोगस्वरूप राहत संकलन गरी पठाइएको युवा अभियानता सुबास नेगीले बताए ।

उनका अनुसार विपद्को कठिन समयमा पीडित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले स्थानीय युवाहरूको पहलमा विभिन्न सामग्री तथा सहयोग रकम संकलन गरिएको हो ।

युवाहरुले राहत सामग्री सहयोग गर्ने सम्पुर्ण व्यवसायी तथा सहयोगी मन हरु पर्ती धन्यवाद सहित आभार बेक्त गरेका छन् ।

राहत सामग्री भोटेकोशी रसुवाका प्रभावित क्षेत्रमा पु¥याएर आवश्यकताका आधारमा बाढी पीडित परिवारलाई वितरण गरिने जनाइएको छ।

Himal dental
सम्बन्धित
Loading...