ghar sansar

जातीय विभेद तथा छुवाछुट अन्त्यका लागि यतिसम्म गर्न तयार छन् पण्डित पन्त

khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकामा गत जेठ २१ गते २१ औ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा गरिएको कार्यक्रममा सुदूरपश्चिम सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की प्रमुख अतिथि थिए ।

मन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा ज्योतिशाचाय पण्डित गणेश पन्तले जातीय भेदभाव तथा छुवाछूत हटाउन आफू जे सुकै गर्न पछि नपर्ने बताएका थिए ।

पहिलो उनले आफूबाटै सुरु गर्ने भन्दै आफूले दलित समुदायसित छोरीको विहे गराउन चाहेको तर कोही पनि बिहे गर्न तयार नभएको उल्लेख गरेका थिए । ‘छोरी दिन्छु विहे गर्छु भनेर घोषणा गरे, कसैले हिम्मत गर्दैन’ उनले भनेका थिए ।

उनी यतिक्कै भनेर रोकिएन । उनले कानुनले मिल्ने भए आफैं अझै विहे गर्न तयार भएको बताए । ‘कानुनले दिन्छ भने म एउटा होइन २७ बिहे गर्छु’ उनले भनेका थिए ।

जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समानताका लागि पन्तले योगदान पुगाएको भन्दै उनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

पन्त दलित समुदायमा जन्मदेखि मृत्यु सम्मका वैदिक हिन्दू सनातनी संस्कार गर्दै आएका छन् । हिन्दू धर्मावलम्बी दलित समुदायले हिन्दू धर्म संस्कृति अनुसारका कर्म काण्ड गर्न पाएका छैनन् ।

हिन्दु भएर दलित समुदायका मानिसले आफ्नै धर्म अनुसारका कर्म काण्ड गर्न नपाएको देखेर पन्त लामो समयदेखि हिन्दू कर्म काण्ड अनुसार विावह,मृत्यु, पूजापाठ, श्राद्व, ब्रत, किरिया लगायत गर्दै आएका छन् ।

पन्त दलित समुदायका युवालाई कर्मकाण्ड सिकाउने पनि गर्छन् । दलित समुदायमा कर्मकाण्ड गराउदा उनले बिहे गरेर पनि सामाजिक समानता ल्याउन सकिने बुझेका छन् ।

दलित समुदायले गैर दलित समुदायसित बिहेवारी गर्न पाउँदैन । दलितलाई समाज अछुत भनेर जातीय भेदभाव गरी बहिस्करण गरिएका छन् ।

उनीहरुलाई छोइछिटो गरिन्छ । सामाजिक तथा धार्मिक कार्यमा वञ्चित गरि हिन्दू धर्मका सबै धार्मिक संस्कारबाट अलग गरिएक छन् ।

समाजमा दलितको पेशा र सीप बाहेक सबै नचल्ने गरी अघोषित सामाजिक कानुन लागू गरिएको छ । यही अघोषित कानुनले दलित समुदाय गैर दलितसित बिहे गर्न डराउने गरेका छन् ।

प्रेम बिबाह गरेका अधिकाँश दलित समुदायका मानिस घर छाडेका छन् । धेरैको बिहेमा केटीलाई फिर्ता लगिएको छ । केहीले गैर दलित युवतीसित बिहे गरी ज्यान गुमाएका छन् ।

प्रेम विवाहपछि घरमै बसेका जोडीलाई अहिलेसम्म माइतीले स्वीकार गर्न सकेको छैन । धेरै युवतीले बिहेपछि माइत जान पाएका छैनन् ।

दलित र गैर दलित समुदायबिच अहिलेसम्म मागी बिहे भएको भेटिएको छैन । केही गैर दलितले दलितसित बिहे गरेका छन् । उनीहरू अप्रत्यक्ष सामाजिक तिरस्कार सहन बाध्य छन् ।

बिहेलाई लिएर समाजमा दलित र गैर दलित समुदाय भित्र भिन्न सामाजिक मूल्य मान्यता कायम गरिएका छन् ।

dirghayi clinic

दलित र गैर दलित समुदायभित्र खुला रुपमा एक अर्कासित बिहे गर्न सकिने आन्तरिक अवस्था छैन ।

गैर दलित समुदायका ब्राह्मण, ठकुरी , क्षेत्री लगायतले अझै पनि एक अर्काबीच खुलेर मागी बिहे गर्ने संख्या न्यून छ । केही बर्ष अघिसम्म एक अर्कामा मागी बिहे झण्डै बन्देज जस्तो देखिन्थ्यो ।

सहरी क्षेत्रमा बसाई सराई, रोजगार, बैदेशिक बसाई लगायतले पछिल्लो पटक मागी बिहे बढेको पाइन्छ । दलित समुदायका बिभिन्न उप समुदायमा पनि एक अर्काबीच विहे हुने गरेको छैन ।

हिन्दू धर्मका कुनै पनि ग्रन्थमा बिभेद र छुवाछुत गर्ने व्यवस्था नभएको पण्डित पन्त बताउँछन् । ‘धर्मले एकता गर्छ,फुटाउने कुरा गर्दैन, धर्म फुटाउनलाई होइन’ उनी भन्छन्, ‘बिभेद गर्ने भन्ने कुनै पनि ठाउँमा छैन ।’

दलित समुदायका मानिसको हातको खान नहुने सोच सामाजिक र मानवीय रुपमा दरिद्र भएको उनले बताए । ‘दलित समुदायले छोएको खान हुन्न सोच छ, खाए भने के हुन्छ त, म त ब्राह्मण परिवारमा जन्मेको व्यक्ति हुँ, वहाँहरुसित बस्छु खान्छु, मलाई त केही भएको छैन’ उनले भने, ‘यतिको दरिद्र सोचले हामी केही गर्न सक्दैनौ ।’

पन्तले जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरी सामाजिक समानता ल्याउन उच्च राजनीतिक नेतृत्व सम्म पुगेका छन् ।

पन्तले पूर्व प्रधानमन्त्री नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उनले सामाजिक न्यायका लागि भेदभाव र छुवाछूत गम्भीर समस्या भएको अन्त्यका बिशेष प्राथमिकता दिनु पर्ने आग्रह गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ रास्वपा सभापति रबि लामिछाने जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि ध्यान दिनु पर्ने उनी बताउँछ्न् ।

पन्त सबै मानिस समान छन् भन्ने सन्देश दिन आफ्ना बुवाको तिथिको श्राद्वमा आचार्य कृष्ण नेपालीलाई घरमै लिएर जाने गरेका छ्न । उनी आचार्यलाई लगेर श्राद्वका कर्मकाण्डमा सहभागी गराउछन् ।

भीमदत्त नगरपालिका ३ का नेपाली देशभरिमै दलित समुदायको पहिलो आचार्य हुन । नेपाल संस्कृति बिश्वबिद्यालयबाट आचार्य गरेका हुन् ।

लालझाडी कार्यक्रममा पन्तसंगै आचार्यलाई पनि सम्मान गरिएको थियो । दलित समुदायमाथि हुने जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि पन्त आफू घाँटी समेत रेट्न तयार भएको बताउँछन् । ‘विभेद भएको देख्न चाहन्न, बरु म घाटी रेट्न तयार छु’ उनले भने ।

दलित समुदायमा घर परिवारका सदस्यको मृत्यु भएमा किरिया बस्ने आफन्त नभए आफूले किरियापुत्री बस्ने बताउँछन् । ‘यदि म आएन भने मलाई कार्वाही गरि दिनु होला’ उनले भने, ‘किरिया बस्ने छैन भने मलाई भन्नु होला ।’

जातीय भेदभाव तथा छुवाछूत संसदमा बोलेर हट्ने कुरा नभएको पन्त बताउँछन् । ‘संसदमा बोलेर बराबर हुदैन, सबै बराबर हुन बोलेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सक्नु पर्छ’ उनले भने ।

सुदूरपश्चिम सरकारका पूर्व मन्त्री सार्की जोखिममा परेर पनि सामाजिक समानताका लागि लाग्न सराहनीय कार्य भएको बताउँछन् ।

समाजमा मनु स्मृति बनाएर सामाजिक र जातीय असमानताको खाडल कोरिएको उल्लेख गर्दै उनले भने, ‘पन्त जस्तै सवैले आफ्नो सोच बिचार बदल्न सके यो समस्या हटेर जान्छ ।’

बैतडीको पाटन नगरपालिका– ८, खोड्पे जसुलीखालीका संस्कार शिरोमणि ज्योतिषाचार्य पण्डित पन्त २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...