ghar sansar

धौलेपानी कटान प्रकरणमा थालियो विस्तृत छानबिन, कञ्चनपुर वन डिभिजनका दुई वन अधिकृत सहितको तीन सदस्यीय टोलीले गर्दैछ अनुसन्धान

khasi

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले धौलेपानी काठ कटान प्रकरणको विस्तृत छानविन सुरु गरेको छ । कैलाली डिभिजन वन कार्यालयले गत आर्थिक बर्षमा कृष्णपुर नगरपालिका ४ स्थित धौलेपानी राष्ट्रिय वन क्षेत्रमा क्षेत्राधिकार बाहिर गएर कटान गर्न लगाएको थियो ।

धौलेपानीमा काटिएका गोलिया साउन १५ गते कृष्णपुर नगरपालिका १ स्थित दिपेन्द्र स्मृति सामुदायिक वन र बण्ड निगालीबाट बरामद गरिएपछि कैलाली डिभिजन वनले कटान गरेको बाहिर आएको हो ।

सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले भदौ १५ गते कञ्चनपुर डिभिजन वनलाई कटानको बिस्तृत छानबिन गर्न निर्देशन दिएको थियो ।

निर्देशनालयको निर्देशनपछि कार्यालयले तीन सदस्यीय समिति बनाएर बिस्तृत छानविन सुरु गरेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत रणेन्द्र सिंहको नेतृत्वमा बनाएको समितिमा वन अधिकृत सन्तोसराज भट्ट र रेन्जर राम मिलन राना सदस्य छन् ।

राना बाहेक सिंह र भट्ट दुवै डिभिजन वन कार्यालयमा कार्यरत छ्न । रेन्जर रानालाई भदौ १८ बाणी सब डिभिजन प्रमुख जिम्मेवारी दिइएको छ ।

धौलेपानी वन क्षेत्र बाणी सब डिभिजन अन्तर्गत पर्छ । सब डिभिजन निमित्त प्रमुख हुदा राना र डिभिजन वन कार्यालय कञ्चनपुरका तत्कालीन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्ट नेतृत्वको टोलीले काठ बरामद गरेको थियो ।

बाणी सब डिभिजनका तत्कालीन प्रमुख भरत शाह धौलेपानीको काठ घाटगद्दीका लागि मौखिक निर्देशन दिएर बिदा बसेका थिए । साहलाई भदौ १८ गते सब डिभिजन प्रमुखको जिम्मेवारीबाट हटाएको छ ।

डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले काठको बिस्तृत रुपमा छानविन गर्न पर्ने भएकाले समिति गठन गरिएको बताए ।

‘यो काठको बिस्तृत रुपमा छानविन गर्न पर्ने देखियो, काठ कति काटिएको छ, कति काट्न बाकी छ, सबै नाप जाच गरी एक्चुएल अवस्था पत्ता लगाउन छानबिन समिति बनाएका छौ’ उनले भने ।

समितिलाई १५ दिनको समय दिएको छ । कैलाली डिभिजन वन कार्यालयसित कटान सम्वन्धि सबै फाइल पठाउन पत्राचार गरिएको छ ।

dirghayi clinic

छानबिन समितिलाई स्थानीय, सामुदायिक वन उपभोक्ता समूह, वन संरक्षणकर्मी लगायत सरोकारवालाई धौलेपानी क्षेत्रमा लगेर छ्लफल गर्न सकिने कार्यादेश दिइएको छ ।

डिभिजन वनले कंचनपुर कैलालीको सीमा विवाद समाधान नभएसम्म सामुदायिक वनमा काठ दाउरा कारोबार रोक्का गर्न निर्देशन दिएको छ ।

सुदूरपश्चिम वन निर्देशनालयले बाणी वन डिभिजन वन कार्यालयमा राखिएको बरामद काठ र धौलेपानीमा छाडिएको काठ सुरक्षित गर्न समेत डिभिजनलाई निर्देशन दिएको छ ।

बाणीमा दुइ सय १६ गोलिया काठ छ । यो एक हजार चार सय ७० क्यूफिट हो । धौलेपानीमा एक सय आठ गोलिया छाडिएको देखिएको छ ।

धौलेपानीको काठ बर्खा सकिएपछि ल्याइने डिभिजन वनले जानकारी दिएको छ । बाणी काठको लगत राखेर काठ सुरक्षित गर्ने डिभिजनको तयारी छ ।

घनघोर वन क्षेत्रमा बर्खामा बाटोको समस्याले पुग्न अफ्ट्यारो देखिएको डिभिजन प्रमुख जोशीले बताए । ‘अहिले बर्खामा पानी र हात्तीको समस्या छ, पानीले बाटो खराब छ’ उनले भने ।

कैलाली डिभिजन वन कार्यालयले धौलेपानीमा एक सय ७९ रुख कटानको पेशी दिएको थियो । त्यसमध्ये ६६ रुख काटिएको जानकारी कैलाली डिभिजनले कंचनपुरलाई दिएको छ ।

छानबिन समिति सदस्य सन्तोसराज भट्टले छानबिन सुरु गरिएको बताए । ‘छानबिन सुरु भइ सकेको छ, अस्ति तल्लो क्षेत्रमा पुगेका छौ, बाटो खराब भएकाले माथि जान सकिएन’ उनले भने ।

यस अघि काठ बरामद भएपछि वन निर्देशनालयले डिभिजन वन कार्यालय कञ्चनपुरका तत्कालीन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई कटान अनुसन्धान गर्न जिम्मा दिएको थियो ।

भट्टले साउन २५ गते निर्देशनालयलाई प्रतिवेदन बुझाएको थियो । भट्टले कैलाली डिभिजनले क्षेत्राधिकार बाहिर गएर कंचनपुरमा पर्ने धौलेपानी वन क्षेत्रमा कटान गर्न लगाएको प्रतिवेदनमा उल्लेख गरेका छ्न ।

प्रतिवेदन बुझाए पछि भट्टको बैतडी काज फिर्ता भएको छ । भट्ट काजमा भएका बेला उनलाई अनुसन्धान जिम्मा दिइएको थियो । भट्ट प्रतिवेदनमा काठ कटान गरिएको वन क्षेत्रको जिपिएस लोकेसन कंचनपुरमा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

कैलाली र कंचनपुर वन डिभिजन पनि काठ अनुसन्धान गर्न आ आफ्ना समिति बनाएका थिए ।

कञ्चनपुरमा वरिष्ठ वन अधिकृत बिशेश्वर प्रसाद जोशीलाई अनुसन्धान जिम्मा दिएको छ। यसैगरी कैलाली डिभिजन वनले वरिष्ठ वन अधिकृत जिवछ यादवको नेतृत्वमा समिति बनाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...