ghar sansar

भन्सार छली गरेको भन्दै समातिए भारतबाट फर्किएका यति महिला

khasi

महेन्द्रनगर । भन्सार छलीका सामान सहित ९ जना महिला पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी एक लाख मूल्य बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी, किराना लगायतका सामान सहित ९ जना पक्राउ परेका हुन् ।

dirghayi clinic

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१० बस्ने ३२ वर्षकी ज्योती डगौरा, २४ वर्षकी सोनु डगौरा, २० वर्षकी नेहा चौधरी, भीमदत्त नगरपालिका–२ बस्ने ३५ वर्षकी तारा कुँवर, ४० वर्षकी भावना चन्द, भीमदत्त नगरपालिका–८ बस्ने ३५ वर्षकी लक्ष्मी नेपाली, भीमदत्त नगरपालिका–१९ बस्ने २४ वर्षकी पशुपती धामी, ४० वर्षकी बिमला चन्द र ३५ वर्षकी मिना धामी रहेका छन् ।

यी ९ जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकालाइ आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी, कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...