ghar sansar

चट्याङ्गले वी.पी.कोईराला आधारभूत विद्यालयमा क्षति, कम्प्युटर, सिसी क्यामेरा लगायतका समान नोक्सान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ओदालीस्थित श्री वी.पी.कोईराला आधारभूत विद्यालयमा चटयाङ्गले क्षति पुगाएको छ । आइतबार दिउँसो १ः३० बजे विद्यालय नजिक विद्युत पोलमा चट्याङ्ग परेको थियो ।

चट्याङ्गले कम्प्युटर लगायतका विद्युतीय समानमा क्षति पुगेको प्रधानाध्यापक बीर राम एस्केले बताए । ‘विद्यालयमा विदा थियो, चट्याङ्ग परेको रहेछ, त्यसले विद्यालयभित्र विद्युतीय सबै समान नोक्सान गरेको छ’ उनले भने ।

चट्याङ्गपछि विद्यालयको विद्युत लाइन सञ्चालन हुन सकेको छैन । विद्युत नभएर ती समान को अवस्था भन्न नसकिने अवस्था नभएको उनले बताए ।

‘अहिलेसम्म ती सबै समान पूर्ण रुपमा क्षति भएको पाएका छौ, त्यो बाहेक कस्तो छन् भनेर हेर्न सकिएको छैन’ उनले भने,‘बत्ती नभएसम्म हेर्न सकिने अवस्था छैन ।’

dirghayi clinic

सोमबार विद्यालय खुलेपछि मात्रै चट्याङ्गले क्षति गरेको थाह भएको थियो ।

कम्प्युटर, क्यामेरा, सिसी क्यामेरा, स्मार्ट टेलिभिजन, वाइफाइ राउडर लगायतका सामाग्री नोक्सान भएका छन् ।

त्यसमा सबैभन्दा बढी सात थान कम्प्युटर छन् । पाँच ओटा सिसी क्यामेरा, एउटा स्मार्ट टेलिभिजन, दुई थान वाइफाइ राउडर चट्याङ्गले नोक्सान भएका छन् ।

विद्यालयमा १४ पंखा पनि नोक्सान भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

विद्यालयले आइसीटी कार्यक्रम अन्र्तगत कम्प्युटर लगायतका विद्युतीय सामाग्री व्यवस्था गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...