

महेन्द्रनगर। भीमदत्त नगरपालिका १८ स्थित रेडियन्ट माध्यमिक विद्यालयले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेको छ ।

भदौ १० गतेको बाढीबाट पीडितका लागि विद्यालयका शिक्षक, कर्मचारी र विद्यालय प्रशासनले सहयोग गरेको छ ।
बाढीमा परेका वासिन्दाको खोजी, उद्धार तथा राहतका लागि २ लाख ५१ हजार सहयोग प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ ।
विद्यालयका लेखापाल हरिश चन्द्र जोशीले विद्यार्थी शिक्षक कर्मचारी विद्यालय प्रशासन, शिक्षक कर्मचारी र विद्यार्थीले सहयोग गरेको बताए । विद्यार्थीले सहयोग रकममा ७० हजार योगदान दिएका छन् ।
