ghar sansar

पौडेलको प्रश्नोत्तर’ र नेपालको ‘अनुक्रम’ लघु कथा संग्रह शनिबार एक साथ हुँदै विमोचन

khasi

महेन्द्रनगर । प्रगतिशील लेखक संघ नेपाल कञ्चनपुरको आयोजनामा साहित्यकार लक्ष्मी प्रसाद पौडेलको लघु कथा संग्रह ‘प्रश्नोत्तर’ तथा रामचन्द्र नेपालको लघु कथा संग्रह अनुक्रम’को विमोचन तथा विमर्श कार्यक्रम गर्न लागिएको छ ।

प्रगतिशील लेखक संघ कञ्चनपुरले भदौ २७ गते शनिबार बिहान ११ बजे भीमदत्त नगरपालिका–४ स्थित जनज्योति क्याम्पस सभा कक्षमा कार्यक्रम गर्न लागेको छ ।

dirghayi clinic

कार्यक्रममा विमोचित हुने दुवै कृतिमाथि साहित्यकार जगन्नाथ आत्रेय, पञ्चमराज भट्ट, श्यामसुन्दर ढकाल तथा हरिप्रसाद खतिवडाले कृति समीक्षा तथा विमर्श प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कार्यक्रममा नवसर्जकहरूले आफ्ना रचना वाचन गर्ने कार्यक्रमसमेत रहेको प्रगतिशील लेखक सङ्घ कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीले जानकारी दिए ।

लघुकथा विधामा सिर्जनशील रूपमा कलम चलाइरहेका लेखकका कृतिमाथि हुने विमर्शले समकालीन नेपाली लघुकथाको विषयवस्तु, प्रवृत्ति, शिल्प र सिर्जनात्मक पक्षमाथि विचार–विमर्श गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै नवसर्जकहरूको रचना वाचनले नयाँ पुस्ताका साहित्यिक प्रतिभालाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

‘प्रश्नोत्तर’का लेखक लक्ष्मीप्रसाद पौडेल र ‘अनुक्रम’का लेखक रामचन्द्र नेपालका कृतिको विमोचनसँगै हुने समीक्षात्मक विमर्शले सुदूरपश्चिमको साहित्यिक गतिविधिमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा साहित्यकार, लेखक, नवसर्जक, पाठक तथा सम्पूर्ण साहित्य अनुरागीहरूलाई उपस्थितिका लागि प्रगतिशील लेखक सङ्घ, नेपाल जिल्ला समिति कञ्चनपुरले हार्दिक अनुरोध गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...