ghar sansar

महेन्द्रनगर मावि साधारण स्कुलका विद्यार्थी र शिक्षकले पठाए भोटेकोशी बाढी पीडितलाई सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) शिक्षक, कर्मचारी र विद्यार्थीले भोटेकोशी त्रिशूली बाढी पीडितलाई सहयोग गरेका छन् ।

भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा आएको बाढीले रसुवा सहित देशका १४ जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।

बाढीबाट पीडित वासिन्दालाई राहत, उद्धार तथा खोजी कार्यमा सहयोगका लागि सहयोग गरिएको छ । प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाइएको छ ।

dirghayi clinic

विद्यालयका शिक्षक बसन्त भट्टका अनुसार विद्यार्थी, शिक्षक र कर्मचारीले ६० हजार ३ सय ५० रुपैँया नगद सहयोग गरेका छन् ।

विद्यालयका महिला शिक्षकले तीज खर्चको रकम सहयोग गरेका हुन् । विद्यार्थीहरुले स्वस्फूर्त रुपमा सहयोग संकलन गरेका छन् ।

विद्यार्थीले ३० हजार ३ सय ५० रुपैँया सहयोग संकलन गरेका छन् । त्यस बाहेक शिक्षकले ३० हजार सहयोग गरेका छन् ।

साधारण स्कुल सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्यार्थी पढ्ने सरकारी स्कुल हो । यो विद्यालयमा हाल तीन हजार बढी विद्यार्थी अध्ययनरत छन्

Himal dental
सम्बन्धित
Loading...