
दोधारा चाँदनीको सृजना सहकारीले यसरी सुरु गरेको थियो दुध संकलन, वडा अध्यक्षले दुधमा अनुदान दिएर अहिले थपि दिएका छन् उत्साह

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ लठ्ठाघाटस्थित सृजना बचत तथा ऋण सहकारी संस्थका अध्यक्ष करन बहादुर सिंहलाई झण्डै दुई दशक अघि गाउँमा दुध किन्न आउने बिचौलिया देखेर निकै रिस आउँथ्यो ।
भारत सीमावर्ती सहर र महेन्द्रनगरका उनीहरू ८÷९ रुपैयाँ प्रति लिटर दुध किनेर ल्याउँथे । गाउँलेसित सीमावर्ती भारतीय बजार लगेर दुध बेच्नको विकल्प थिएन । त्यही भएर उनीहरु सस्तोमा घरमै आएका दुध बेच्न बाध्य हुन्थे ।
सिंह दुधको भाउ निकै सस्तो भएकाले बढाउन पाए किसानलाई फाइदा हुने लागेकोले उनी बिचौलियासित कारोबार बन्द गर्ने उपाय खोजी गर्न थाले । त्यस बेला सिंह सहकारीका सदस्य थिए ।
त्यसको सुरुवात उनले बिचौलियाबाट गर्ने गरी २०६६ मा तत्कालीन चाँदनी गाविसमा किसान सहित सहभागी गराएर दुधको मूल्य बढाउन छ्लफल गरे । त्यसमा सहमति हुन नकसेर सिंहले सहकारीमा दुध संकलनका लागि अघि बढ्ने योजना बनाए । त्यस अनुसार एक बर्षपछि किसानको दुध किनेर सहकारीमा संकलन गर्न थालियो ।
अध्यक्ष सिंह त्यति बेला आफूहरू दुध व्यवसाय अध्ययन गर्न भारतीय सीमावर्ती सहरसम्म पुगेको सम्झन्छन् । सीमावर्ती सहरको आचल डेरी गएर अध्ययन गरी आएपछि दुध संकलन थालिएको थियो ।
सिंह र कमलापति भट्ट आचल डेरी गएका थिए । भट्ट अहिले दोधारा चाँदनी नगरपालिकामा कृषि प्राविधिक छन् । सुरुमा एक महिना सम्म ५ लिटर दुध किनेर संकलन गरियो । त्यसपछि एक सय लिटर किन्न थालिएको थियो । दुग्ध बिकास संस्थानलाई संकलित दुध बेच्ने गरिन्थ्यो ।
अहिले दैनिक दुई हजार लिटर दुध संकलन हुने गरेको छ । दोधारा चाँदनी नगरपालिकाका सबै १० वडाका ८ सय किसान दैनिक दुध बेच्ने गरेका छन् ।
सहकारीमा दुध कारोबारका लागि छुट्टै फाट छ । फाट प्रमुख नवराज उपाध्यय संकलनकर्ता र बजार प्रतिनिधि सहित फाटमा ८ जना कर्मचारी कार्यरत भएको बताउँछन् ।
३०६७ मा ५ लिटर दुधबाट संकलन गर्न सुरु गरिएको थियो । अहिले आएर दुई हजार लिटर पुगेको छ अध्यक्ष सिंहले भने, अहिले दुध बेच्ने किसान बढेका छ्न, गाई भैसी पाल्ने बढेका छ्न, किसानलाई दुध बेच्न कहा जाउ भन्ने कुनै चिन्ता छैन ।

२०७४ को स्थानीय तह निर्वाचन पछि वडा कार्यालयले सहकारीमा दुध बेच्ने आफ्नो वडाका किसानलाई अनुदान दिएपछि किसान उत्साहित भएका छन् ।
वडा अध्यक्ष भक्त सुनारले दुध उत्पादन बढाउन किसानलाई प्रोत्साहनका लागि अनुदान कार्यक्रम ल्याएका हुन् ।
सुनार तत्कालीन माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । सुनार पछि २०७९ मा पनि माओवादी बाट वडामा फेरि दोहोरिएका थिए ।
वडा कार्यालयले दुध अनुदानका लागि बर्सेनी बजेट बिनियोजन गर्दै आएको छ । अघिल्लो आर्थिक बर्षमा दुई सय १० किसानलाई प्रति लिटर ९० पैसाका दरले अनुदान बाँडिएको थियो ।
स्थानीय गणेश बहादुर सिंहले सबैभन्दा बढी अनुदान पाएका थिए । यो कार्यक्रमलाई दुध बोनस कार्यक्रम नाम दिइएको छ ।
सहकारीका अध्यक्ष सिंह अनुदानले किसान उत्साहित भएको बताउँछन् । ‘दुधको कारोबार प्रवद्र्धनमा सहयोग पुगेको छ, किसान उत्साहित छन्’ उनले भने ।
सहकारीले दुध बेच्ने किसानको तथ्याङ्क वडामा पठाएपछि किसानले अनुदान रकम पाउने गरेका छन् । ‘हामीसित किसानको रेकर्ड हुन्छ, हामीले यताबाट रेकर्ड पठाउछौ, त्यसका आधारमा सम्बन्धित किसानको खातामा पैसा आउँछ’ सहकारीको दुध फाँट प्रमुख उपाध्यय भन्छ्न् ।
वडाले अनुदान बजेट बढाउने जानकारी दिएको छ । सहकारी अनुदान कार्यक्रम वडाले निरंतरता दिनेमा वि श्वस्त छ ।
दुग्ध बिकास संस्थानले दुधको चिल्लो पदार्थको आधारमा मूल्य निर्धारण गर्दै आएको छ ।
महाकाली नदीमा चार पुल बनेपछि दुग्ध बिकास संस्थानका गाडी सहकारीमा पुगेर दुध लिएर आउने गरेको छ ।
२०५८ खोलिएको सहकारीमा हाल ५ हजार शेयर सदस्य छ्न । २६ करोड बढी बार्षिक कारोबार भएको सहकारीमा १९ जना कर्मचारी छन् ।
सुदूरपश्चिम सरकारबाट अनुमति लिएर सहकारीको क्षेत्र बिस्तार गर्ने योजना भएको अध्यक्ष सिंह बताउँछन् ।
