ghar sansar

दोधारा चाँदनीका पत्रकार गुरुङ्ग अदालतको आदेशपछि १० औं दिनमा प्रहरी हिरासत मुक्त

khasi

महेन्द्रनगर । जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएपछि दोधारा चाँदनीका पत्रकार पप्पु गुरुङ्ग प्रहरी हिरासतबाट छुटेका छन् ।

पत्रकार गुरुङ्गलाई साइबर सम्बन्धि अपराधमा अनुसन्धान गरी शुक्रबार जिल्ला अदालतमा मुद्दा पेश गरिएको थियो ।
अदालतले थुनछेक बहसमा गुरुङ्गलाई १० हजार धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको धरौटी बुझाएर गुरुङ्ग प्रहरी हिरासत मुक्त भएका हुन् ।

पत्रकार गुरुङ्गले सामाजिक सञ्जालमा एसपी र डीएसपीको सेटिङ्गमा मध्यरात ब्राउन सुगर कारोबार हुने गरेको भन्दै स्टयाटश लेखेपछि प्रहरीले उनीमाथि साइबर सम्बन्धि अपराधमा जाहेरी दर्ता गरी अनुसन्धान गरेको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयले भदौ १२ गते गुरुङ्गलाई कार्यालयमा उपस्थित हुन जानकारी पठाएको थियो ।

उनी कार्यालय नआएपछि भदौ १६ गते प्रहरी प्रतिवेदनका आधारमा साइबर सम्बन्धि अपराधमा जाहेरी दर्ता गरिएको थियो ।

जाहेरी दर्ताको तीन दिनपछि गुरुङ्गलाई घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान सुरु गरिएको थियो ।

प्रहरीले अलदालतबाट दुई पटक म्याद लिएर गुरुङ्गमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

शुक्रबार १० औं दिनमा गुरुङ्ग अदालतको आदेश छुटेका हुन् ।

दोधारा चाँदनी नगरपालिका ७ का गुरुङ्ग लामो समयदेखि दोधारा चाँदनी क्षेत्रमा पत्रकारिता गर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...