ghar sansar

बेलौरीको श्रीपुर स्वास्थ्य केन्द्रमा आकस्मिक सेवाका अत्यावश्यक औषधि अभाव, विरामी आफैंले औषधि लगेर गराई रहेका छन् उपचार

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका–स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई सातादेखि आकस्मिक सेवामा प्रयोग हुने अत्यावश्यक औषधि तथा सर्जिकल सामग्रीको अभाव भएको छ ।

औषधि र सामग्री समयमै उपलब्ध नहुँदा आकस्मिक उपचारका लागि स्वास्थ्य केन्द्र पुग्ने बिरामीले निजी मेडिकलबाट औषधि तथा सामग्री खरिद गर्नुपर्ने बाध्यता भएको छ ।

स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा अत्यावश्यक मानिने बिटाडिन सोलुसन, आइभी सेट, विभिन्न एमएलका सिरिन्ज, क्यानुला तथा सेफ्ट्रिएक्जोनजस्ता एन्टिबायोटिक इन्जेक्सनको मौज्दात शून्य अवस्थामा पुगेको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुई सातादेखि औषधि अभाव हुँदा सामान्य उपचारका लागि आवश्यक सामग्री समेत बाहिरबाट मगाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

आकस्मिक अवस्थामा स्वास्थ्य संस्था पुगेका बिरामीलाई औषधि तथा सर्जिकल सामग्री आफैँ खरिद गरेर ल्याउन लगाउँदा स्वास्थ्यकर्मी र सेवाग्राहीबीच विवाद समेत हुने गरेको बताइएको छ ।

dirghayi clinic

आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार औषधि अभावबारे स्वास्थ्य केन्द्रले करिब दुई साताअघि नै नगरपालिकालाई जानकारी गराएको थियो ।

लिखित पत्राचारसहित पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आवश्यक औषधि तथा सामग्री उपलब्ध हुन नसकेको ती स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य केन्द्र प्रशासनले नगरपालिकालाई पत्राचार गर्दै आकस्मिक विभागमा अत्यावश्यक औषधि तथा सर्जिकल सामग्रीको अभाव भएको र तत्काल आपूर्ति नगरिए सेवा नै प्रभावित हुनसक्ने भन्दै व्यवस्थापनका लागि अनुरोध गरेको थियो ।

तर, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले भने खरिद प्रक्रियामा प्राविधिक समस्या आएका कारण औषधि आपूर्तिमा ढिलाइ भएको बताएका छन् ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र स्वायत्त प्रकृतिको संस्था भएकाले आकस्मिक अवस्थामा आन्तरिक स्रोतबाट समेत औषधि व्यवस्थापन गरी सेवा सञ्चालन गर्न केन्द्र प्रमुखलाई भनिएको छ। नगरपालिकाको खाता सञ्चालन प्रक्रियामा रहेकाले खरिद प्रक्रिया रोकिएको र खाता सञ्चालन हुनासाथ औषधि खरिद गरेर समस्या समाधान गरिने उनले बताए ।

यता, स्वास्थ्य संस्थामा आवश्यक औषधि नहुँदा विपन्न तथा सर्वसाधारण नागरिकले समेत निजी मेडिकलबाट औषधि किन्नुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

आकस्मिक सेवामा प्रयोग हुने अत्यावश्यक औषधि दुई सातासम्म अभाव हुनु गम्भीर विषय भएको भन्दै स्थानीयले तत्काल औषधि तथा सर्जिकल सामग्रीको व्यवस्था गरी सेवा नियमित बनाउन माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...