ghar sansar

भीमदत्तले खल्ला मुसेट्टीका विद्यालयमा गर्दैछ यस्तो तमाशा, स्थायीलाई बजार ल्याएर अस्थायी करार राख्न शिक्षक राख्न लगाउँदै, सामाजिक सञ्जालमा व्यापक आलोचना

khasi

महेन्द्रनगर । भीमदत्त नगर पालिकाले शैक्षिक सत्र सुरु भए पछि स्थायी दरबन्दीका शिक्षक सरुवा गरी दुर्गम क्षेत्रका बिद्यालय करार शिक्षक खोज्न थालेका छन् । भीमदत्त नगरपालिका ९ का खल्ला मुसेट्टी क्षेत्रका बिद्यालयमा शिक्षक सरुवा गरी समस्या खडा गरिएको छ ।

भीमदत्त नगरपालिकाले गत साउन खल्लास्थित भीमदत्त स्मृति र मुसेट्टीको सरस्वती आधारभूत विद्यालय्का स्थायी शिक्षक सरुवा गरेको थियो ।

ती दुबै बिद्यालयमा स्थायी शिक्षक पठाउन छाडेर दरबन्दी रिक्त बनाइएको थियो । शिक्षक सरुवा भएर नया शिक्षक नआएपछि ती दुबै विद्यालयले अस्थायी करार शिक्षक नियुक्ति प्रक्रिया सुरु गरेका छन् ।

अस्थायी करार शिक्षक निकुक्तिका लागि दुबै बिद्यालयले सार्वजनिक सूचना मार्फत बिज्ञापन खोलेका छन् । दुबै बिद्यालयले एकै दिन भदौ २५ गते बिज्ञापन खोलेका छन् ।

। भीमदत्त स्मृतिका प्रधानाध्यापक पुष्प राज जोशी र सरस्वती आधारभूत बिद्यालय प्रधानाध्यापक यज्ञराज अवस्थीले सूचना निकालेका छन् ।

दुबै बिद्यालयको व्यवस्थापन समितिले भदौ २४ गते शिक्षक नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिकाले सोही दिन बिज्ञापन खोल्न अनुमति दिएको थियो ।

स्थायी शिक्षक सरुवा गरी करार शिक्षक नियुक्ति प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
भीमदत्त नगरपालिकाले गरिब बस्तीका बासिन्दाका बाल बालिकालाई पढाईबाट बन्चित गर्न शैक्षिक सत्र सुरु भएको पाँच महिनापछि शिक्षक सरुवा गरिएको भन्दै आक्रोश पोखिएको छ ।

बिद्यालयलाई राजनीतिक थलो बनाएर शैक्षिक पठनपाठन ध्वस्त गर्न खोजिएको आरोप भीमदत्त नगरपालिकामाथि लगाइएको छ ।

भीमदत्त ९ खल्लाका स्थानीय रुप सिह पालीले खल्ला मुसेट्टीमा आफन्त पायक मिलाई सरुवा गर्ने केन्द्रको बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् । (गरिब कि श्रीमति सबै कि बौजू भने झैँ) भी ना पा ९ को भीमदत्त आबि विद्यालय खल्ला विकट कञ्चनपुरको कर्णाली हो यहाँ विपन्न गरिब मानिस बस्छन् । त्यसैले यहाँ सरुवा केन्द्रको रूपमा अनेकौँ भई रहन्छ र नगरपालिकाले राजनीतिक अखडा बनाई आप्नो शिक्षकबाहिर जिल्लाबाट सरुवा ल्याउने पायक मिलाई सरुवा लैजाने, समितिको म्याद सकिएको ३ ÷४ भयो । यसै यसै गति विधि कारण शिक्षक अभिभावक समितिले पनि राजीनामा दिई सकेका छन्, स्कुल राजनीतिक खेल मैदान बनाएर मजा लिएको छ, यहाँका बालबालिका को भविष्यमाथि खेलवाड गर्दै…’ उनले भनेका छन् ।

भीमदत्तले यस अघि टुडीखेलस्थित बैज नाथ आधारभूत बिद्यालय भीमदत्त स्मृतिमा समायोजन गरेको थियो ।

दरबन्दी मिलानका लागि बनाएको पूर्व जिल्ला शिक्षा अधिकारी नेतृत्वको कार्यदलले बिद्यालयलाई एक तीन कक्षा सम्म सन्चालन गर्न सिफारिस गरेको थियो ।

भीमदत्तले आफैले बनाएको कार्यदलको सिफारिस विपरित बैजनाथ आधारभूत विद्यालयलाई शून्य बनाएको थियो ।

बिद्यालयलाई शून्य बनाउन अघि बिद्यालयका तत्कालिन प्रधानाध्यापक बिर बहादुर बिक र शिक्षाक जनक राज जोशीबीच बिबाद भएको थियो ।

दुई शिक्षक बिबाद भीम दत्त नगर पालिकाको शिक्षा शाखासम्म पुगेको थियो ।

dirghayi clinic

भीमदत्तको शिक्षा शाखा र शिक्षक दरबन्दी मिलान कार्य दलका केही सदस्यले तत्कालीन प्रधानाध्यापक बिकलाई हटाउन बिद्यालय मर्ज गरेका थिए ।

जोशीलाई भीमदत्त १४ स्थित बैजनाथ माबि पठाइएको थियो । बैजनाथलाई ५ कक्षामा झारिएको थियो ।

स्थानीयले दबाब दिएपछि बैजनाथ साबिक ८ कक्षा सम्म संचालन अनुमति दिइएको छ । शिक्षक जोशी भने लक्ष्मी माबि बागफाटा सरुवा गरिएका छन ।

२०८२ बैशाख १० गते शिक्षक दरबन्दी मिलान, बिद्यालय समायोजन तथा तह घटुवा गरिएको थियो ।

खल्लास्थित भीमदत्त स्मृतिमा त्यस अघि नै शिक्षक सरुवा गरिएक थिए । बिद्यालयका तत्कालीन प्रधानाध्यापक सुरेन्द्र सिंह धामीलाई बजार नजिक बिद्यालय सरुवा गरिएका थिए ।

अहिले फेरि खल्ला र मुसेट्टीका दुबै बिद्यालयका शिक्षक सरुवा गरी शिक्षक बिहिन अवस्थामा पुगाएको हो ।

भीमदत्तले बैशाख १० गते गरेको दरबन्दी मिलानमा खल्ला मुसेट्टीलाई दुर्गम क्षेत्र मान्दै त्यहाका बिद्यालयमा कार्यरत शिक्षकलाई खाली हुने दरबन्दीमा प्राथमिकता दिएर सरुवा गर्ने निर्णय गरेको थियो ।

भीमदत्त ४ भगतपुरस्थित शिब ज्ञानेश्वर आधारभूत सहित शिक्षक रिक्त बिद्यालयमा अन्यत्रबाट शिक्षक ल्याए पछि आलोचना भएको थियो ।

भीमदत्तका जन प्रतिनिधि, शिक्षा शाखा, नगर शिक्षा समिति र दरबन्दी मिलान कार्यदल सदस्य,राजनीतिक दलका नेता नजिक पहुँच भएका शिक्षक आएको आरोप लागेको थियो ।

रिक्त दरबन्दीमा चाहे अनुसार पदस्थान गर्न सकिने अवस्था नआएपछि भीमदत्तले फेरि दरबन्दी मिलान सुरु गरेको थियो ।

दरबन्दी मिलान गरिएका शिक्षकको विवरण अझै बाहिर ल्याएको छैन । बिरोध हुने डरले सरुवा पदस्थापन गरिएका शिक्षकलाई शिक्षा शाखामा बोलाएर पदस्थान पत्र थमाएको थियो ।

भीमदत्तको सामाजिक बिकास समितिका संयोजक सुशिल कुमार भट्टको नेतृत्वमा दरबन्दी मिलान सिफारिश कार्यदल छ ।

समितिमा भीमदत्त नगर शिक्षा समितिका सदस्य डबल बिष्ट, नेपाल शिक्षक महासंघ कंचनपुरका अध्यक्ष निर्मला जोशी, महासंघको भीमदत्त नगर अध्यक्ष दिवाकर जोशी सदस्य छन् । भीमदत्तको शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट कार्यदलको सदस्य सचिव छन् ।

भीमदत्तका मेयर पदम बोगटी नगर शिक्षा समितिको अध्यक्ष छ्न । शिक्षा समितिको कार्यकाल सकिएपछि पुरानो समितिलाई निरन्तरता दिएका थिए ।

भीमदत्तको दरबन्दी मिलान सिफारिस कार्यदलका संयोजक भट्टले केही बिद्यालय मर्ज भएकाले शिक्षक दरबन्दी मिलान गर्न परेको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...