

महेन्द्रनगर । सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका कुलपति कथाकार रामचन्द्र नेपाल र लक्ष्मीप्रसाद पौडेलको लघुकथाकृति अनुक्रम तथा प्रश्नोत्तरको लोकार्पण तथा समीक्षात्मक कार्यक्रम गरिएको छ ।
प्रगतिशील लेखक संघ कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीको अध्यक्षता, बरिष्ठ साहित्यकार वीरबहादुर चन्द विश्रामको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
प्रलेस सुदूरपश्चिमका सह इञ्चार्ज÷केन्द्रीय सदस्य रमेश पन्त मीतबन्धु तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्माको विशेष उपस्थितिमा गरिएको कार्यक्रम सञ्चालन जिल्ला सचिव प्रेमप्रकाश कलौनीले गरे ।
कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठानका प्रदेश अध्यक्ष खिमानन्द बडु, मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशी, संविधान सभा सदस्य आनन्दी पन्त, गुगुल्डी वाङमय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकला पन्त, सुदूरपश्चिम विश्वविद्यालयका भाषा साहित्य संस्कृति अनुसन्धान केन्द्रका निर्देशक हरिशचन्द्र भट्ट, विश्वविद्यालयका निवर्तमान डिन मुकुन्द कलौनी लगायतले कार्यक्रममा शुभकामना तथा रचना वाचन गरे ।


कार्यक्रममा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति सरस्वती दाहाल;प्राज्ञ सभा सदस्य हरिश प्रसाद जोशी ;मानसखण्ड गुरुकुलका निर्देशक हेमबाबु लेखक, जनज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशी, साहित्यकार मिना पन्त, सरस्वती भाट धामी, नारायण गिरी;नारायण लम्साल गणेशराज जोशी लगायत सहभागी थिए ।
कार्यक्रममा साहित्यकार लक्ष्मीप्रसाद पौडेल को लघुकथा संग्रह “प्रश्नोत्तर “माथि साहित्यकार तथा प्रलेस केन्द्रीय परिषद सदस्य एवम् प्रदेश समिति सल्लाहकार जगन्नाथ आत्रेय तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदश्य स प्रा श्यामसुन्दर ढकालले समीक्षात्मक आलेख प्रस्तुत गरे सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् “अनुक्रम “लघुकथा संग्रहमाथि बरिष्ट साहित्यकार पञ्चमराज भट्ट तथा शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुरका सहायक प्राध्यापक हरिप्रसाद खतिवडाले समीक्षा प्रस्तुत गरेका थिए ।
कृति समीक्षाको सराहना गर्दै कृतिकारद्वयले समीक्षाबाट प्राप्त सुझावका आधारमा आगामी लेखन यात्रा परिमार्जन गर्ने विचार ब्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर चन्द विश्रामले कार्यक्रम अत्यन्तै गहन र सघन भयेको विचार ब्यक्त गर्दै कृतिकार एवम् अन्य नवसर्जक हरूलाई साहित्य सेवामा अझै सक्रिय भएर सामाजिक उत्थानमा साहित्यिक सेवामा तल्लिन रहनु पर्ने बिचार ब्यक्त गरेका थिए।
समापन मन्तब्य राख्दै प्रगतिशिल लेखक संघका नेगीले निरन्तर साहित्यिक अभियानमा सक्रिय रहेको र कार्यक्रम आयोजनामा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिँदै प्रलेस कञ्चनपुर को मुखपत्र अरूणोदय तथा प्रलेस सुदूरपश्चिमको मुखपत्र छिटै प्रकाशन हुने भएकाले आ–आफ्ना खोजमूलक तथा सिर्जनात्मक रचना उपलब्ध गरी गराइ दिन हुन अनुरोध समेत गरेका थिए ।
युवा साहित्यकार सन्दिप समर्पण चाँदनी भट्ट, अमित प्रसाद भट्ट, निर्मला साउद तथा जनज्योति एजुकेसन फाउन्डेसनले कार्यक्रम सञ्चालनमा सहयोग गरे ।
