ghar sansar

महाकाली अस्पतालमा संगिता बडु मृत्यु सम्बन्धि दुबै पक्षबीच छलफल, पीडित पक्षले राखे डाक्टरलाई कारवाहीको माग, अस्पतालले भन्यो– माग गरेकै आधारमा कारवाही गर्न सकिदैन, कानुनी प्रक्रियामा जाँदा हुन्छ

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी संगिता बडुका परिवार, आफन्त र अस्पतालबीच आइतबार फेरि छलफल भएको छ ।

अस्पतालको सघन उपचार कक्ष(आइसियु) भेन्टिरलेटरमा राखेर तीन सातादेखि उपचार थालिएका बडुको शुक्रबार मुत्यु भएको थियो ।

भीमदत्त नगरपालिका १० सुकासालकी बडुलाई सर्पले टोकेको भन्दै अस्पताल ल्याएपछि आकस्मिक उपचार कक्षबाट उपचार सुरु गरी आइसियुको राखेर उपचार थालिएको थियो ।

शुक्रबार बडुको मृत्यु भएपछि घर परिवारले चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आरोप लगाएपछि अस्पतालसित छलफल थालिएको थियो ।

आइतबार फेरि महाकाली अस्पताल व्यवस्थाथन समिति अध्यक्ष महेश प्रसाद पन्तको कार्य कक्षमा उनी सहित अस्पतालका मेसु डा. हेमराज जोशी, मृतक बडुका घर परिवार, आफन्तबीच छलफल भएको छ ।

छलफलमा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट पनि सहभागी भएका छन् ।

झण्डै दुई घण्टा चलेको छलफलमा दुबै पक्षले आ आफ्ना धारणा राखेपछि निष्कर्ष विना सकिएको छ ।

मृतक बडुकी आमा मञ्जुदेवी बडूले छोरीलाई न्याय खोजेको बताइन् ।

छोरीको उपचारमा संलग्न चिकित्सकलाई कारवाही हुनु पर्ने र उनको लाइसेन्स खारेज हुनु पर्ने माग उनले राखिन् । ‘न्याय होस, डाक्टरको लाइसेन्स खारेज होस, त्यसमा सहमति होस, त्यस बाहेक मलाई केही चाहिएको छैन’ उनले भनिन्, ‘मलाई पूर्ण न्याय चाहिन्छ, मेरी जेठी छोरी हुन् ।’

छलफल सुरु हुन अघि बडुले आँखाबाट आशुँ झार्र्दै आफ्नो भनाई राखेकी हुन् ।

छोरी अस्पतालमा जागिर खान सक्ने भएकी र अहिले उनको शव अस्पताल लैजान नसक्ने धारणा उनले राखिन् ।  ‘ग्यारेन्टी छ, एक केस पनि फेल भएको छैन भनेर यहाँ राखेको हो’ उनले भनिन् ।

उनीसंगै उनका दुई छोरा, छोरी र आफन्त छलफलमा सहभागी भए ।

dirghayi clinic

मृतक बडुकी बहिनी ज्योतिले अस्पताल प्रमुख जोशीलाई उपचारमा लापरवाही गरिएको हो कि होइन भनेर पटक पटक सोधेकी छन् ।

स्वास्थ्य विषय पढेकी उनले उपचारमा स्वास्थ्य प्रोटोकल पालना नगरिएको गुनासो गरिन् ।

उनीहरुसंगै आफन्तहरले पनि आफ्ना कुरा राखे । उनीहरुले घट्ना भइ सकेकाले समाधानका गरी अघि बढ्नु पर्ने बताए ।
महाकाली प्रादेशिक अस्पतालका मेसु जोशीले घट्नापछि पटक पटक छलफल भइ सकेकाले अस्पताल पीडित परिवारको माग अनुसार अघि बढ्न चाहेको बताए ।

‘अब यो विषयमा धेरै छलफल भइ सकेको छ, तपाईहरु कानुनी प्रक्रियामा जान सक्नु हुन्छ भने त्यो पनि ठिक छ, छानबिन समिति बनाउन चाहनु हुन्छ भने त्यो पनि ठिक छ, तपाईहरुलाई जे ठिक लाग्छ, हामी तयार छौ’ उनले भने ।
डा. जोशीले आरोपका आधारमा उपचारमा संलग्न चिकित्सकमाथि आफूले कारवाही गर्न सक्ने र लाइसेन्स खारेज गर्न नसक्ने बताए ।

‘यो मेरो हातमा छैन, कानुनले जे भन्छ, त्यो गर्छाै, म कारवाही र लाइसेन्स खारेज गर्न सक्दैन, म मात्रै होइन, यहाँ अध्यक्षज्यूले सक्नु हुन्छ, कसैले पनि सक्नु हुन्न’ उनले भने,‘न्याय दिने निकायमा जाँदा यसको निरुपण होला, त्यो हामी गर्न सक्दैनौ ।’

चिकित्सक सन्तोस चौधरीले मृतक बडुको उपचार गरेका थिए । चौधरी पाँच महिनादेखि अस्पतालमा कार्यरत छन् ।

डा. जोशीले मृतकलाई आफूले घर परिवारको सदस्य मानेको उल्लेख गर्दै अस्पताल प्रशासन सधैं साथमा हुने बताए ।

पीडित परिवारलाई आफूले गल्ती गरेको लागेको छ भने आफूले राजीनामा दिन समेत पछि नपर्ने डा. जोशीले बताए ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भट्टले छानबिन समिति बनाएर निकास खोज्न सकिने बताए ।

‘यहाँ बसेर छलफल गरी निकास खोजी रहेका छौ, हुँदैन भने कानुनी बाटोमा जाने भन्ने हो, त्यसका लागि प्रहरी मार्फत जाने कि छानबिन समिति बनाएर जाने कुरा हुन्छ; उनले भने ।

छलफलमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक दर्शन खड्काले प्रहरीको काम शान्ति सुरक्षा दिने भएको धारणा राखेका थिए ।

पीडित परिवारले आइसियुमा मृत्यु भएपछि बल प्रयोग गरी शव बाहिर निकालेको भन्दै असन्तुष्टि पोखेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले कानुन अनुसार सबै माग पूरा गर्न अस्पताल तयार भएको बताए ।

‘घटनाको सत्यतथ्य छानबिन हुन्छ, त्यसका लागि अस्पताल छानबिन समिति बनाउन तयार छ’ उनले भने, ‘हामी पीडितको माग अनुसार अघि बढ्न चाहन्छौ ।’

Himal dental
सम्बन्धित
Loading...