ghar sansar

सशस्त्र प्रहरीले भेटायो नेपाल भारत सीमा क्षेत्रमा वेवारिशे भोला, त्यसभित्र भेटियो चरेश र नागरिकता सहितका प्रमाण पत्र

khasi

महेन्द्रनगर । सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट वेवारिशे अवस्थामा झोलाबाट चरेश बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी डोकेबजारको टोलीले आइतबार साँझ गस्तीका क्रममा चरेश सहितको झोला भेटाएको हो । झोलासंगै केही कागजात पनि भेटिएका छन् ।

dirghayi clinic

सशस्त्र प्रहरीको पाँच जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा वेवारिसे अवस्थामा एउटा झोला फेला पारेपछि जाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियाका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।

शङ्का लागेपछि झोला चेकजाँच गर्दा चाउचाउको कार्टुन भित्र चरेस जस्तो देखिने गाढा खैरो पदार्थ फेला परेको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार झोलाभित्र ३ दशमलव ८५० किलोग्राम चरेश सहित ईश्वर बहादुर धामीको नाममा जारी नेपाली नागरिकताको प्रमाण पत्र, भारतीय आधार कार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, कर्नाटक स्टेटको सवारी साधन दर्ता प्रमाणपत्र र नेपाली सिमकार्ड लगायतका सामग्री भेटिएको छ ।

बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी पचगडियामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Himal dental
सम्बन्धित
Loading...