ghar sansar

दोधारा चाँदनी ४ का दमाई महाकालीमा वेपत्ता, खोजी गर्दै सुरक्षाकर्मी

khasi


हरिशचन्द्र बाग

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ मालिका टोलका जित दमाई महाकाली नदीमा वेपत्ता भएका छन् । ६० वर्षिय दमाई नदीमा गाई गोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । सोमबार बिहान करिब ९ः१५ बजे गाई गोरुलाई नदी तराउने क्रममा दमाई डुबेर बेपत्ता भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर देवीस्थानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रभातकुमार गौतमको कमान्डमा १० जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

dirghayi clinic

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार उक्त टोलीमा सात जना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी छन् । उनीहरू विपद् उद्धार सामग्री र रबर बोटसहित नदीमा बेपत्ता दमाईको खोजतलासमा जुटेका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा १२ जनाको प्रहरी टोली पनि घटनास्थलमा परिचालन गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा नदीमा बेपत्ता दमाईको खोजतलास गरिरहेका छन् । महाकाली नदीमा पानीको बहाव उल्लेख्य रहेकाले खोजतलास तथा उद्धारमा थप सावधानी अपनाएर खोजी कार्य भइरहेको सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले बताए ।

यस अघि दोधारा चाँदनी १० की सृष्टि महाकाली नदीमा डुबेर वेपत्ता भएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...