ghar sansar

धौलेपानी कटान प्रकरण : झन शंकास्पद, अधिकाँश गोलियामै छैन टाँचा

khasi

महेन्द्रनगर । कैलाली डिभिजन वन कार्यालयले धौलेपानी राष्ट्रिय वन क्षेत्रमा काट्न लगाएको अधिकाँश गोलिया टाँचा नभएको पाइएको छ । कञ्चनपुरको वन क्षेत्रभित्र पर्ने वन क्षेत्रबाट कैलाली डिभिजनले क्षेत्राधिकार मिचेर गत वर्ष १ सय ७९ रुख कटानको आदेश दिएको थियो ।

कटान आदेश अनुसार काटिएका ६६ रुखका २ सय ९२ थान गोलियामध्ये अधिकाँशमा टाँचा नभएको भेटिएको छ । त्यस बाहेक केही गोलियमा स्पष्ट टाँचा नभएको र केहीमा टाँचा नै नदेखिएको पाइएको छ ।

धौलेपानीबाट बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याएपछि बरामद भएका बाहेक एक सय आठ गोलिया धौलेपानीमा छाडिएका छन् । त्यसमध्ये चुनारा खोला नजिक पुगाईका अधिकाँश गोलियामा टाँचा प्रयोग नभएको स्थलगत अनुगमनमा भेटिएको हो ।

वन कर्मचारीले काठ बरामद भएपछि धौलेपानी कटान क्षेत्र अनुगमन गरेका थिए । डिभिजन वन कञ्चनपुर स्रोतका अनुसार हालसम्म कटान गरिएकामध्ये १ सय १७ गोलियामा मात्रै टाँचा लगाइएको पाइएको छ ।

धौलेपानी कटान छानबिनका लागि सुदूरपश्चिम वन निर्देशनालयले बनाएको छानबिन समितिले पनि अधिकाँश गोलियामा टाँचा नभएको प्रतिवेदनमा उल्लेख भएको स्रोतको दाबी छ ।

बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याएका सहित अन्य स्थानबाट गोलिया बरामद भएपछि वन निर्देशनालयले कञ्चनपुर वन डिभिजनका तत्कालिन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

भट्ट नेतृत्वको समितिले धौलेपानी सहित बरामद काठसंग सम्बन्धित सबै पक्षसित सोधपुछ गरी २८ पृष्ठको प्रतिवेदन निर्देशनालयमा बुझाएको थियो ।

निर्देशनालयले भट्ट प्रतिवेदन कार्यान्वयन नगरी भदौ १५ गते कञ्चनपुर वन डिभिजनलाई विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

वन कर्मचारीहरुका अनुसार काठ कानुनी रूपमा काटिएको र स्वीकृत भएको प्रमाणका लागि टाँचा लगाउने गरिन्छ । वन कार्यालय वा सम्बन्धित पक्षले टाँचा लगाएपछि मात्रै काटिएको काठ बैधानिक हुने गरेको बताइन्छ ।

dirghayi clinic

सुदूरपश्चिम सरकारको वन निर्देशनालयमा बुझाइएको धौलेपानी कटान प्रकरण सम्बन्धि छानबिन प्रतिवेदनले कैलाली वन डिभिजनको क्षेत्राधिकार उल्लङ्घनको गम्भीर घट्ना भनेको बताइएको छ ।

कैलाली वन डिभिजनले कृष्णपुर नगरपालिका ४ मा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गर्न लगाएको थियो । त्यसपछि दोस्रो साता कञ्चनपुर वन डिभिजनलाई जानकारी नदिई बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याएपछि साउन १५ गते बरामद भएको थियो ।

भट्ट नेतृत्वको छानबिन समितिले धौलेपानी प्रकरण समान्य प्राविधिक त्रुटी नभएर क्षेत्राधिकार उल्लङ्घनको गम्भीर प्रकरण भएको निष्कर्ष सहित निर्देशनालयमा प्रतिवेदन बुझाएको थियो ।

कैलालीको गोदावरी नगरपालिका १२ स्थित केलागाड धौलेपानी वन क्षेत्र भन्दै काठ काट्न ठेक्का दिइएको थियो ।

चलान पूर्जी र कञ्चनपुर वन डिभिजनसित समन्वय नगरिएको काठ बाणी सव डिभिजन वनका तत्कालिन प्रमुख भरत प्रसाद साहले घाटगद्दीका लागि मौखिक निर्देशन दिएका थिए ।

सुदूरपश्चिम सरकारले अहिले विस्तृत छानबिन प्रतिवेदन आएपछि कारवाही अघि बढ्ने बताएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले छानबिन सकिएपछि कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।

‘अहिले पनि उक्त विषय छानबिनकै क्रममा छ, निर्देशनालयको प्रतिवेदन आएपछि दुवै डिभिजन वन कार्यालयलाई आफ्नो छानबिन अनुसन्धान गरेको प्रमाण पेश गर्न पत्राचार गरिएको छ,’ उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले भने, ‘दुवैको प्रतिवेदन आएपछि थप कारवाही प्रक्रिया अघि बढ्छ ।’

वन निर्देशनालयले निर्देशन दिएपछि डिभिजन वनल सव डिभिजन वन कार्यालय ब्रहृमदेवका प्रमुख रणेन्द्र सिंहको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । भदौ १८ मा १५ दिनको समय दिएर छानबिन समिति गठन गरिएको हो ।
साउन दोस्रो साता डिभिजन वन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गरिएको ६४ गोलिया सालको काठ बरामद गरेको थियो ।

यसैगरी कृष्णपुर नगरपालिका–१ बण्डमा रातिको समयमा ३ वटा ट्याक्टरमा ढुवानी भइरहेको अवस्थामा १ सय १९ गोलिया र सोही वडाको निगालीमा सडक किनारमा फालिएको अवस्थामा ३३ गोलिया सालको काठ बरामद गरेको थियो ।

कैलाली डिभिजन वनले कटान क्षेत्रलाई सीमा विवादित भनेर उल्लेख गरी वन कार्यालयमा पत्र पठाए पनि काठ काटिएको स्थानको जीपीएस स्थित ४ सयदेखि १ हजार १ सय ५० मिटर कञ्चनपुरभित्र पाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...