ghar sansar

बदलिएको बेलडाँडी

khasi

महेन्द्रनगर । बेल्डाडी गाउपालिका १ का कालु सिंह बिष्ट गत बर्ष भदौमा जेन जी आन्दोलन हुन अघि काठमाण्डौमा थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि बिष्ट घर फर्किएका थिए ।

काठमाडौ फागुन २२ गते चुनाव हुने सुनेका उनी घर फर्केपछि चुनाव प्रचार सुरु हुदासम्म मतदान गर्न जाने नजाने दोधारे मनस्थिति थिए ।

बहुदलीय शासन व्यवस्था पछिका सबै चुनावमा बिष्टले मतदान गरे । पटक पटक मतदान गरेर पनि सोचे अनुसार हुन सकेको नदेखेर बिष्ट दुखी देखिन्थे ।

‘२०४९ देखि मत हाल्दै आएको छु, सबै कुरा चक्कर हुने रहेछ’ फागुन २१ को चुनावको केही दिन अघि बिष्टले भनेका थिए, ‘यस इच्छा लागे जान्छु, नत्र अहिले त केही छैन ।’

बैतडीको पुर्चौडीबाट बिष्ट २०२० मा बेल्डाडी आएका हुन् । २४ बर्षको उमेरमा आमा बुवासङगै बेल्डाँडी आएका उनी अहिले ८३ बर्ष पुगेका छन् ।

अहिले बिष्टको घर बेल्डाडी बजार सहित आशपास चारैतिर जङ्गल थियो । एक ठाउबाट अर्को ठाउ हिडेर जानु पथ्र्यो, बर्खा लागेपछि बाटो पानी भरिएपछि कपडा खोलेर कट्ट् लगाएर वारपार गर्न पर्ने दिन बिष्ट अहिले पनि सम्झन्छन् ।

बेल्डाडी आएर बसेको धेरै बर्षपछि गाउमा ट्रयाक्टर आएको थियो । २०३६ को जनमत संग्रहका बेला गाउँ घरतिर ट्रयाक्टर देखिन थालेका थिए । बिष्टले त्यही बर्ष ट्रयाक्टर किनेका थिए ।

जनमत संग्रहका दिन बिष्ट कलकत्तामा थिए । उनी पञ्चायत देखेर जनता वाक्क दिक्क भएको सम्झना गर्छन् ।

गाउँमा पहिलो पटक ट्र्याक्टर किनेर चलाउन थाले पछि बिष्ट सबै ठाउँ पुग्न थाले । सबैले ट्रयाक्टरवाला भनेर चिन्न थाले ।

अहिले बेल्डाँडी आनकातान फेरिएको बिष्ट बताउँछन् । नयाँ संविधान लागू भएपछि साविक बेल्डाडी गाविस र रौतेली बिचवा गाविस मिलाएर बेल्डाडी गाउँपालिका बनेको हो । बेल्डाँडी गाउपालिकामा ५ वडा छन् ।

तीन दिशातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले घेरिएको बेल्डाँडी कञ्चनपुरमा सबैभन्दा कम वडा भएको स्थानीय तह हो । सुदूर तथा मध्यपश्चिम पुख्र्यौली र आदिवासी जनजाति राना चौधरी समुदाय बासिन्दा अधिक छन् ।

dirghayi clinic

बिष्ट अहिले पहिलेको तुलना बिजुली, बाटो, सिँचाई, रोजगार, सबै सुबिधा भएको बताउँछन् । जनताको आश अनुसार भने अझै हुन नसकेको उनको भनाई छ ।

‘जनताको आश अनुसार हुन नसकेको हो, पहिले भन्दा त कति कति हो,’ उनी भन्छन्, ‘यो भन्दा बढी होस भन्ने चाहना हो ।’

बेल्डाडी गाउपालिकामा अव्यवस्थित बसोबासी ठूलो समस्याका रुपमा भएकाले बासिन्दा हरेक चुनावमा पूर्जाको आश गर्छन् ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म फाइदा लिन सकेका छैनन् ।

बासिन्दा खानेपानीका लागि ओभर बनेको हेर्न चाहन्छ्न । हरेक चुनावमा उनीहरू जग्गा धनी पूर्जा, बाटोघाटो, खानेपानी, मध्यवर्ती समस्या समाधानको दोहो¥याउने गर्छन् ।

सीमावर्ती क्षेत्र भएकाले लागु औषधबाट युवा जोगाउन मुस्किल भएको चिन्ता स्थानीय व्यक्त गर्छन । लागु औषध कारोबार र सेवन दुबैमा युवा फसेको स्थानीय बताउँछन् ।

दैजी बेल्डाडी सडक कालोपत्रेको माग केही बर्ष अघिसम्म प्रमुख थियो । अहिले यो सडक हुलाकी सडक अन्तर्गत कालोपत्रे भएको छ ।

धनगढी पुनर्वास बेलौरी हुदै आएको आएको हुलाकी सडक दैजीमा पुगेर पूर्व पश्चिम राजमार्गसित जोडिएको छ । सडक कालोपत्रे भएपछि आवगमन सहज हुन पुगेको छ ।

अहिले बेल्डाँडीका जनक सिह धामी संघीय साँसद छन् । बेल्डाँडीले पहिलो पटक संघीय संसदमा प्रतिनिधि पाएको हो ।
चौधर नदी र अन्य जोखिमपूर्ण क्षेत्रमा बाढी नियन्त्रणका लागि ग्याबियन र स्लोप ग्याबियन तटबन्ध निर्माण भएर बाढी डुबान समसया हल गरिएका छन् ।

बेल्डाँडी २ स्थित कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रयास गरिएपछि उत्साह बढेको छ ।

२०७२ मा सुरुमा बेलडाँडी र रौतेली–बिचवा गाविसलाई गाभेर बेलडाँडी नगरपालिका घोषणा गरिएको थियो । पछि नगरपालिकाको मापदण्डमा नपर्ने भन्दै २०७३ फागुन २२ गते पुनः गाउँपालिकामा बनाइएको थियो ।

बेलडाँडीमा पूर्वको झरना खोला र पश्चिममा चौधर नदीले खेतीयोग्य जमिन बगरमा परिणत गर्ने कार्य रोक्न स्थानीय बताउँछन् । खेती योग्य जमिन महाकाली सिँचाईको नहरले पनि दलदलमा बनाएको छ । अहिले एक हजार ५ सय बिघा जति खेतीयोग्य जमिन सिमसार र दलदल बनेको स्थानीय बताउँछन ।

१५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालनक हुने आशा छ । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना संघ र प्रदेशबाट पाउनु पर्ने अधिकांश योजना नपाउँदा पालिका पछाडि परेको बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...