ghar sansar

राष्ट्र संघ महासभामा भाग लिन अमेरिका जाँदै छिन् बेलौरीको उग्रतारा बाल विद्यालयकी विद्यार्थी स्वर्णिमा कँडेल

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ४ शान्तिपुरस्थित उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिन अमेरिका जान लागेकी छन् । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ देखि चार दिनसम्म राष्ट्र संघको महासभा हुन लागेको छ ।

उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत् कँडेल बाल अधिकार प्रवद्र्धन, किशोरी सशक्तिकरण कार्यक्रम सम्बन्धि अनुभव आदानप्रदान तथा छलफलका लागि अमेरिका जान लागेकी हुन् ।

विद्यालयका प्रिन्सिफ केशब बिष्टले बाल अधिकारको प्रवद्र्धन, किशोरीहरूको सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवी सम्बन्धी पहलहरूमा देखाएको सक्रिय सहभागिता र प्रतिबद्धता स्वरूप कँडेलले युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै कँडेल महासभामा युवा अधिवक्ताका रूपमा सहभागी हुन लागेको बताए ।

‘ संयुक्त राष्ट्र संघको सप्ताहका क्रममा उनले विश्वभरका युवाहरूसँग छलफल तथा साइड इभेन्टहरूमा सहभागी भई आफ्ना अनुभव तथा विचारहरू आदान–प्रदान गर्नेछिन्’ उनले भने ।

dirghayi clinic

कँडेल युनिसेफ नेपालकी युवा अधिवक्ता हुन् । विद्यालयले बिहीबार कँडेलका लागि विशेष विदाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

प्रिन्सिपल विष्टले महासभमा सहभागी हुने अवसर विद्यालयका लागि मात्र नभएर जिल्लाकै लागि गौरवको विषय भएको उल्लेख गरे ।

बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एवं विद्यालय निरीक्षक अम्बा दत्त भट्टले स्वर्णिमा बेलौरीको मात्र नभई नेपालकै गौरव र गहना भएको बताए ।

“यति सानो उमेरमै संसारकै सबैभन्दा ठूलो संगठनको यति ठूलो मञ्चमा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका अगाडि आफ्नो प्रस्तुति दिन पाउनु निकै ठूलो उपलब्धि हो,” उनले भने,  यो सफलता प्राप्त हुनुमा विद्यालय, अभिभावक र सबैको साझा प्रयास रहेको उनले औंल्याए ।

कार्यक्रममा बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईं, महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशी लगायतले शुभ कामना दिए ।

 

Himal dental
सम्बन्धित
Loading...