ghar sansar

सूर्योदय सहकारीको १८ औँ साधारण सभाका लागि बेलडाँडी सेवा केन्द्रको प्रतिनिधि छनौट सभा सम्पन्न

khasi

महेन्द्रनगर । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभाका लागि बेलडाँडी सेवा केन्द्र अन्तर्गत प्रतिनिधि छनौट सभा गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष ईश्वरी प्रसाद खरालको अध्यक्षतामा गरिएको कार्यक्रममा संस्थाका सल्लाहकार मोहन रावल प्रमुख अतिथि थिए ।

dirghayi clinic

सभामा संस्थाको कार्यप्रगति तथा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिएको छ । छलफलपछि प्रतिवेदनका विषयमा आवश्यक निष्कर्ष समेत निकालिएको छ । संस्थाको कार्यप्रगति, प्रतिवेदन तथा आगामी साधारण सभा सम्बन्धी विषयमा संस्थाका व्यवस्थापकले जानकारी दिए ।

कार्यक्रममा संस्थाका असल ऋणी ललित गिरी र असल बचतकर्ता परमानन्द भट्टलाई संस्थाका अध्यक्ष खराल तथा प्रमुख अतिथि रावलले प्रशंसा पत्र सहित अभिनन्दन गरे । कार्यक्रममा सहभागीले संस्थाको प्रगति तथा आगामी योजनाका विषयमा आफ्ना धारणा राखे ।

संस्थाका ऋण अधिकृत जगदीश अवस्थीले कार्यक्रम सञ्चालन गरेका थिए । सभाले १८औँ वार्षिक साधारणसभाका लागि आवश्यक प्रतिनिधि छनौट गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...