
भीमदत्त १७ को काँग्रेस वडा समिति सभापतिमा ठगुन्ना, निवर्तमान सभापति बुढा सहित २१ जना क्षेत्रीय प्रतिनिधि

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त १७ को वडा सभापतिमा धर्म सिह ठगुन्ना सर्वसम्मत चयन भएका छन् । १५ औ महाधिवेशन अन्र्तगत शनिबार वडा अधिवेशनबाट ठगुन्नाको नेतृत्वमा वडा समिति चयन गरिएको छ ।

समितिको उप सभापतिमा राधिका धामी, सचिव बिष्णु दत्त जोशी र सह सचिव कृष्ण देव भट्ट चयन भएका छन् ।
वडा समितिमा निवर्तमान अध्यक्ष पदम सिह बुढा सहित २१ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

