

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका ८ वडामा काँग्रेसको वडा समिति सर्वसमम्त चयन भएको छ । वडा नं. ३ र ६ बाहेक अन्य सबै वडामा शनिबार वडा अधिवेशन भएर वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

दोधारा चाँदनी १ मा गंगोत्री सेठी (दिनेस), २ मा गणेश सिंह रावल, ४ मा कृष्ण सिंह साँउद (टस्सी), ६ मा चन्द्र बहादुर सिजाली मगर, ७ मा कमला उपाध्याय, ८ मा मणिराज पण्डित, ९ मा जंग बहादुर रावत र १० मा बल बहादुर बुढा वडा सभापति चयन भएका छन् ।
वडा नं. ३ र ५ मा पनि सहमतिका लागि छलफल भइ रहेको नेताहरुले बताएका छन् । दोधारा चाँदनी कञ्चनपुर काँग्रेसका सह सचिव नाफू सिँह साउदको गृह नगर हो ।
साउँद १४ औं महाधिवेशनमा सह सचिव निर्वाचित भएका थिए । साउँद काँग्रेस संस्थापनका हुन् ।
