ghar sansar

भीमदत्त २ मा वडा अधिवेशनमा सहभागी भएर फर्किएका काँग्रेस वडा संयोजक जैसीमाथि कुटपिट, भीमदत्तका मेयरका छोरा सहित चार जनाले कुटपिट गरेको संयोजक जैसीको भनाई

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसको भीमदत्त नगरपालिका २ वडा अधिवेशनमा सहभागी भएर घर फर्किएका वडा संयोजक टेक बहादुर जैसीमाथि कुटपिट भएको छ ।

सरस्वती माध्यमिक विद्यालय महोलिया नजिक अधिवेशनमा सहभागी भएर फर्किएका जैशीलाई पाँच जनाले कुटपिट गरेको छ । कुटपिटमा संलग्नलाई कारवाहीका लागि जैसीले प्रहरीमा निवेदन दिएका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका छोरा आशिस सहित चार जनाले कुटपिट गरेको जैसीले बताए ।

भीनपा २ काँग्रेस जिल्ला सभापति पदम बोगटीको गृह वडा हो । सभापति बोगटीको केही दिन अघि जिम्मेवारी खोसिएको थियो । 

बोगटीको जिम्मेवारी खोसेर किन अधिवेशन गरेको भन्दै कुटपिट गरेको जैसीले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...