

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ वडामा काँग्रेसका वडा सभापति चुनिएका छन् । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबार वडा अधिवेशनमा भीमदत्त ११ बाहेक अन्य सबै वडामा सर्वसम्मत वडा समिति चयन भएका छन् ।

भीनपा १ मा सुरेन्द्र सिह भण्डारी, २ मा राजेश स्वार, ३ मा शरण शाही, ४ मा धन बहादुर पाल, मान सिह भाट, ६ मा भोजराज भट्ट, ७ राज बहादुर चन्द, मा ८ खगेन्द्र पण्डित, ९ केशव नायक, १० कर्ण बहादुर बम, १२ जनक कामी, १३ सुरेन्द्र सिह बोहरा, १४ मान बहादुर विष्ट, १५ दिब्यांश चन्द, १६ विवेक साउँद, १७ धर्म सिह ठगुन्ना, १८ पुस्कर चन्द र १९ मा बीर बहादुर रावल वडा सभापति भएका छन् ।
सबै वडामा क्षेत्रीय प्रतिनिधि र वडा समिति सर्वसम्मत भएका हुन् ।
