ghar sansar

भीमदत्त २ मा काँग्रेस वडा अधिवेशन बिथोल्न खोजियो, नसकिएपछि संयोजकमाथि कुटपिट

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ मा काँग्रेस वडा अधिवेशन बिथोल्ने प्रयासपछि कुटपिटसम्म पुगेको छ ।

भीमदत्त नगरपालिका २ सरस्वती माध्यमिक विद्यालय नजिक राखिएको अधिवेशनमा देउवा समूहका कार्यकर्ताले गाली गलौज र होहल्ला गरी बिथोल्ने खोजेपछि बैजनाथ मन्दिरमा लगेर वडा अधिवेशन गरिएको छ ।

मन्दिरमा अधिवेशन गरेपछि वडा संयोजक टेक बहादुर जैसीमाथि बाटो ढुकेर बसेका चार जनाले कुटपिट गरेका छन् ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका छोरा आशिष सहित चार जनाले कुटपिट गरेको जैसीले बताए ।

मन्दिरमा अधिवेशन सकिएपछि काँग्रेस नेता प्रेम विष्ट सहित जैसी घर फर्किएका थिए ।

अधिवेशन स्थलबाट केही टाढा पुगेका जैसीलाई उनी सवार मोटरसाइकल रोकेर कुटपिट गरिएको छ ।

dirghayi clinic

हेल्मेट लगाएकोले टाउको लाग्नबाट बचेको छ । ओठ, छाती र पिठयुमा चोट लागेको जैसीले बताए ।

‘मेरो बुवालाई हटाएर किन अधिवेशन गर्न लागेको भन्दै पहिले राखिएको अधिवेशनमा गालीगलौज गरियो, त्यहाँ अधिवेशन हुन नसक्ने भएपछि हामी मन्दिरमा गएर सम्पन्न गरयौ’ उनले भने, ‘त्यसपछि प्रेम दाई र म फर्किँदा बाटो ढुकेर बसेका रहेछन्, मोटरसाइकल रोकेर कुटपिट गर्न थाले, टाउको बच्यो, अन्य त चोट लागेको छ ।’

अधिवेशन सुरक्षाका लागि खटिएको प्रहरी टोली आएपछि उनीहरु भागेको उनले बताए । मेयरका छोरा बोगटी बाहेक अरुलाई आफूले नचिनेको जैसीले बताए ।

कुटपिटका क्रममा उनीहरुले आफ्नो सिक्री समेत लिएर गएको बताए ।

जैसीले बोगटी सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । ‘ममाथि कुटपिट गर्नेमाथि कारवाही होस भन्ने चाहन्छु’ उनले भने ।

भीमदत्त २ काँग्रेस सभापति एबम मेयर बोगटीको वडा हो ।

वडा अधिवेशन नगर्ने भएपछि काँग्रेसले केही दिन अघि बोगटीको जिम्मेवारी खोसेको थियो । अहिले बोगटी काँग्रेसको देउवा समूहमा छन् ।

Himal dental
सम्बन्धित
Loading...