

महेन्द्रनगर । नेपाली काँग्रेस बेदकोट नगरपालिका ८ नम्बर वडा सभापति सभापतिमा हरि बोहरा चयन भएका छन् ।

१५ औं महाधिवेशन अन्र्तगत शनिबादेखि सुरु वडा अधिवेशनमा सर्वसम्मत सभापति भएका छन् । बेदकोट ८ मा शनिबारदेखि वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया सुुरु भएको थियो ।
शनिबार स्थगित निर्वाचन प्रक्रिया अन्र्तगत आइतबार विहान वडा सभापति सहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।
काँग्रेस कञ्चनपुर ३ का संयोजक पदमराज अवस्थीले सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको बताए ।
बेदकोट ८ पूर्व गृहमन्त्री रमेश लेखकको वडा हो । शनिबार निर्वाचन प्रक्रिया सुरु गरिएका बेदकोट ८ सहित भीनपा ११ र दोधारा चाँदनी ५ मा स्थगित भएको थियो ।
