

महेन्द्रनगर । काँग्रेस युवा नेता पदम सिंह बुडाले भीमदत्त नगर सभापतमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार भीमदत्त १७ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका बुडाले सामाजिक संजालबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
बुडा भीमदत्त १७ का निवर्तमान काङ्ग्रेस वडा सभापति हुन । उनले दुई कार्यकाल वडा समिति नेतृत्व गरेका छन् । बुडा भीमदत्त १७ का वडा अध्यक्ष पनि हुन । २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

वडा सभापति घोषणा पछि बुडाले काँग्रेस बलियो बनाउने, युवालाई नेतृत्वमा ल्याउने, पार्टी र संगठनलाई एक बनाउने, जनताका सुख दुखमा साथ दिने र बिकास र समृद्धिका लागि योगदान दिने प्रतिबद्वता सार्वजनिक गरेका छन् ।
काँग्रेस बिशेष महाधिवेशन पछि संस्थापन भएका बुडा पार्टीभित्र इमान्दार, सरल स्वभाव र व्यवहार भएका नेता भनेर चिनिन्छ्न् ।
१४ औं महाधिवेशनमा अच्युरात कलौनी सभापति निर्वाचित भएका थिए । कार्यकाल पूरा नहुँदै दुई वर्ष अघि कलौनीको निधन भएको थियो । त्यसपछि उप सभापति सुशिल भट्टले कार्य बाहक सहभापति भएका थिए ।
